काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा १२ वटा फाइनान्स कम्पनीले खुद नाफा आर्जन गर्दा ५ कम्पनीले भने घाटामा गएका छन् ।
साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकेा छ ।
यसैगरी आइसिएफसी फाइनान्सले २ करोड ८५ लाख रुपैयाँ, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख र गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
घाटा बेहोर्ने कम्पनीको अग्र स्थानमा समृद्धि फाइनान्स रहेको छ । समृद्धि फाइनान्सले साउनमा ८ करोड ६९ लाख घाटा बेहोरेको छ ।
यसैगरी, पोखरा फाइनान्सलाई २६ लाख, वेस्ट फाइनान्सलाई १२ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र नेपाल शेयर मार्केट एण्ड फाइनान्सलाई समान ८, ८ लाख रुपैयाँ घाटा लागेको छ ।
प्रतिक्रिया