एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा

एनएलजी इन्स्योरेन्सको शेयर बिक्रीमा


काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता ४५० रुपियाँमा १६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । यो शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले असोज ७ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दरमा लिने हो सो विवरण खुलाई गाप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।

यसअघि कम्पनीले असार २६ मा एक सूचना जारी गर्दै संस्थापक शेयरधनीका लागि मात्रै बिक्री खुलाएको थियो । तर, तोकिएको समयभित्र शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।