सहकारी ठगी प्रकरणमा आफ्नो सहभागिता नभेटिएको रविको दावी

सहकारी ठगी प्रकरणमा आफ्नो सहभागिता नभेटिएको रविको दावी


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो सहभागिता भएको नभेटिएको बताएका छन् । सहकारी छानबिन समितिको प्रतिवेदन संसदलाई बुझाएलगतै उनले यस्तो बताएका हुन् ।

प्रतिवेदनमा गोर्खा मिडिया सञ्चालनका बेला रविसहित चार जनाले सूर्यदर्शनलगायत ५ सहकारीको रकम अपचलन गरेको किटान गरिएको छ ।

‘सहकारी ठगीको जुन भनिएको थियो, मसँग प्रमाण छ, निवेदन हालेको यो छ, भन्ने ती सब कुरा फर्जी रहेछन् । त्यो त आरोप रहेछ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा पुष्टि भइरहेको छ । समितिले भनिसकेको छ,’ लामिछानेले भने ।