सबै मिलेर लघु, साना तथा मझौला उद्यमीहरुकाे समस्या समाधान गर्नुपर्छः अध्यक्ष ढकाल

सबै मिलेर लघु, साना तथा मझौला उद्यमीहरुकाे समस्या समाधान गर्नुपर्छः अध्यक्ष ढकाल


काठमाडौं – लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा गोष्ठी आयोजना भएको हो ।

गोष्ठीमा कृषि तथा पशुपन्छी विकासका मन्त्री रामनाथ अधिकारीले लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौतीका विषयमा गोष्ठी आयोजना हुनु उपलब्धिमुलक भएको बताए । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१/२०९१ मनाउन लागेको जानकारी गराउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए ।

यस्तै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने बताए । ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर अघि बढ्नुपर्ने ढकालको भनाई छ ।