काठमाडौं – भारतीय ब्राण्ड बोटको व्यापार नेपाली बजारमा ४ गुणासम्म बढ्न थालेको कम्पनीले बताएको छ । आज कम्पनीद्वारा जारी एक विज्ञप्तीमा उल्लेख भएअनुसार नेपाली बजारमा व्यापार झनै बढ्न थालेको हो ।
बोटले २०७९ फाल्गुनमा नेपाली बजारमा आफ्ना उत्सादन सार्वजनिक गरेको थियो । त्यसयता निरन्तर व्यापार बढ्दै गएको कम्पनीको भनाई छ । ‘नेपाली बजारमा बोटको व्यापार तुलनात्मक रुपमा ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ,’ कम्पनीले बताएको छ ।
नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आफ्नो क्षेत्रिय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।
प्रतिक्रिया