काठमाडौं– कुमारी बैंकले हरितालिका तिजलाई लक्षित गर्दै बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राही खातामा क्यासब्याक योजना सञ्चालन गरेको छ। बैंकले लाभग्राही खातामा १०० क्यासब्याक दिने भएको हो ।
बैंकले डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरुप भदौ २० देखि २६ सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १०० रुपैयाँको क्यासब्याक योजना सार्वजनिक गरेकाे हाे।
हाल बैंकले ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ।
प्रतिक्रिया