काठमाडौं– राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै २०८१।८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको उल्लेख गरेको हो ।
सो आर्थिक वर्षका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनसदर तोकिएको कम्पनीले जनाएको छ ।
गत भदौ १७ गते नेपाल बीमा प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७२/७३ सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको थियो।
प्रतिक्रिया