एलसी बन्दले बैंकमा दैनिक १० अर्ब तरलता थपिने, ६० प्रतिशत रकम सेयर बजारमा 

एलसी बन्दले बैंकमा दैनिक १० अर्ब तरलता थपिने, ६० प्रतिशत रकम सेयर बजारमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
केन्द्रीय बैंकले अत्यावश्यक बाहेक अन्य एलसी खोल्न बन्द गरे पछि बैंकलमा लगानीयोग्य रकम बढ्दै जाने सम्भावना बढेको छ । नयाँ एलसी नखोलिए पछि व्यापारको पैसा बैंकिंग च्यानलमा आउने सम्भावना बढेको देखिन्छ । बजारबाट उठ्नुपर्ने रकम उठिहाल्छ । त्यो पैसाले एलसी खोल्न नपाए पछि व्यापारीले बैंकमा वा सेयर बजारमा लगानी गर्ने सम्भावना देखिन्छ । 

अहिले धेरै वस्तुको आयात रोकिएको छ । तर, देशभित्र व्यापारीले उधारोमा सामान दिएका हुन्छन्, त्यसको भुक्तानी दिनदिनै हुन्छ । विगतमा त्यसरी उठेको पैसा एलसी खोल्नमा खर्च हुन्थ्यो भने अहिले एलसी बन्द गरे पछि उक्त रकम बैंकिग च्यानल वा सेयर बजारमा आउने ठूला लगानीकर्ताहरु बताउँछन् । 

केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउन एलसी खोल्न बन्द गरेको छ । तर, देशभित्र उठेको रकम सेयर बजारमा लगानी हुने सम्भावना रहेको ठूला लगानीकर्ताको तर्क छ । 

उनीहरुका अनुसार दिनमै ९ देखि १० अर्ब रुपैयाँ उठ्न सक्छ । अहिले बजारमा डेढ खर्ब उधारो भएको अनुमान छ। त्यसको डेढ प्रतिशत मात्रै उधारो उठ्दा पनि १० अर्बमाथि उठ्छ । उक्त रकम बैंकमा राखेर ब्याज खाने वा सेयरमा लगानी गर्ने सम्भावना छ । बैंकमै उक्त रकम राखियो भने पनि बैंकमा लगानीयोग्य रकम उपलब्ध हुन्छ । बैंकमा लगानीयोग्य रकम उपलब्ध हुनु भनेको सेयर बजारलाई सकारात्मक सन्देश प्रवाह हुनु हो । 

व्यापारीले उधारोको रुपमा ठूलो रकम बजारमा फ्यालेका छन् । सामान आउने मुहान बन्द भए पनि धेर थोर रुपमा रकम उठ्छ । उठेको रकममध्ये ६० प्रतिशत सेयर बजारमै लगानीको रुपमा जाने देखिन्छ । 

कतिपय व्यापारीले बैंकले महँगो ब्याजदरमा निक्षेप संकलन गरेकाले त्यतातिर राख्न सक्छन् । बैंकमा राखेको रकम पनि कही न कही लगानीकै रुपमा बाहिर आउँछ । त्यसबाहेक दैनिक ६ अर्ब रुपैयाँ सेयर बजारमै फर्किन सक्ने देखिन्छ । 

गाडी, इलेक्ट्रोनिक्स आइटम, कस्मेटिक सामान, लत्ताकपडा, चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदर, ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्री, माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्ट, कफी, चिया, गाईवस्तुको दाना, शरीरमा दल्ने लोसन, लुगाधुने पाउडर, लिक्विडका साथै साबुन, प्लास्टिक र प्लास्टिकजन्य सामाग्री, छाला तथा छालाजन्य सामाग्री, कार्पेट र फ्लोरमा लगाउने अन्य सामग्री, कपडा, मोती, बहुमूल्य ढुंगा, बहुमूल्य धातु, चम्चा, घडी तथा भित्तेघडी, तन्ना, कुसनको एलसी खुल्दैनन् । तर, ती सामान उधारोको रुपमा बजारमा छन् । त्यसबाट मात्रै दैनिक १० अर्ब रुपैयाँ उठ्न सक्ने देखिएको व्यापारीहरु बताउँछन् ।