‘नयाँ फिन्टेक कम्पनीका कारण प्रयोगकर्ताले सेवा शूल्कमा छुट पाइरहेका छन्’

‘नयाँ फिन्टेक कम्पनीका कारण प्रयोगकर्ताले सेवा शूल्कमा छुट पाइरहेका छन्’


मुम्बई – फोन पेका चिफ अपरेटिङ अफिसर पारस कुँवरले नयाँ फिनटेक कम्पनीले सर्वसाधारणलाई सहजीकरण ल्याइरहेको बताएका छन् । भारतमा ३ दिनसम्म चलेको ‘ग्लोबल फिनटेक फेस्टिभल’को सेसनमा बोल्दै फिनटेक कम्पनीले भुक्तानीमा सहजीकरण ल्याइरहेको बताएका हुन् ।

‘हामिले लामो समयदेखि पेमेन्ट शूल्कमा मात्रै कुराकानी गर्दै आइरहेका छौं,’ उनले भने, ‘तर शूल्क प्रयोगअनुसार भिन्नभिन्न हुन्छ । भारतमा कुनै नेपालीले यूपीआई ट्रान्ज्याक्सन गरेर होटल बुकिङ गर्दा रिफन्ड हुने सम्भावना जोखिमपूर्ण हुन्छ ।’ तर नेपालीले नेपालकै फोनपेबाट गर्दा रिफन्डको सुनिश्चितता छ । फोनपेले यही समस्या समाधान गरेको कुँवरले बताए ।

उनका अनुसार नेपालीले भारतमा पुगेर आफ्नै मोबाइलबाट सहजै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो । ‘यसमा शूल्कको कुरै आउँदैन । मोबाइलमा भएको एप चल्नुपर्यो । यस्तो इस्यू समाधान गराउने हो,’ उनले भने, ‘होटलमा आफ्नो आवश्यक्ताअनुसार फरक फरक भुक्तानी हुन्छ । होटलमा २० हजारको कारोबार हुन्छ । यसमा शूल्कको मतलबै हुँदैन ।’

यस्तो अवस्थामा भुक्तानीको मेकानिजम, रिफन्ड पाइन्छ वा पाईँदैन भने विषय महत्वपूर्ण हुन्छ । फेरी दिल्ली मेट्रोमा फिर्ताको विषय उठ्दैन र आफ्नै मोबाइलमा भएको एपबाटै सहजै प्रयोग गर्न मिल्ने विषय महत्वपूर्ण हुन्छ । ‘यही काम फोनपेले गरेको हो,’ उनले भने ।

यसबाहेक फिनटेक कम्पनीको जन्मले प्रयोगकर्ताले सस्तो सेवा शूल्कमा भुक्तानी गर्न पाइरहेको कुँवरको भनाई छ । ‘रेमिट्यान्स र भुक्तानीको माध्यम प्रयोगगर्दा प्रयोगकर्ताले सहजै पठाइरहेका छन् । तर सञ्चालक कम्पनीले लगानी उठाएका छैनन्,’ उनले भने ।

तर क्रसबोर्डर रेमिट्यान्स र क्रसबोर्डर पेमेन्ट्सको भुक्तानी विश्वका सिमित कम्पनीको नियन्त्रणमा छन् । फिनटेक कम्पनीले कारोबारमा सहजीकरण गरेपनि पैसाको अन्तिम भुक्तानी बैंकले नै गर्ने हो । ‘उनीहरुको सेवा पनि स्लो छ, र शूल्क पादरर्शी छैन,’ कुँवरले भने, ‘नेपालबाट अमेरिकामा पैसा पठाउँदा लाग्ने शूल्कबारे उनीहरुले जानकारी नै दिँदैनन् । यसमा समस्या छ ।’

‘फिनटेकले यसमा पनि इन्टरभेन्सन गर्नुपर्छ । नेपालमा स्ट्याण्डर्ड चार्टड बैंकले भित्रने र बाहिरिने रकम कन्ट्रोल राख्छ,’ उनले थपे, ‘यसमा मेकानिजम चाहिन्छ । नेपालले बनाइरहेको सीबीडीसीमा फिनटेकले काम गर्न पायो भने बैंकहरुको कन्ट्रोल घट्छ र सेवा शूल्क समेत घट्छ ।’

विश्वमा हुने कारोबार स्ट्याण्डर्ड चार्टड, जीपी मोर्गन र सिटी बैंक लगायतले कन्ट्रोल गर्छन् ।