काठमाडौं- नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको जनाएको छ । त्यस्तै, कम्पनीको सो शेयरमा हाल कायम संस्थापक शेयरधनी वा जो कोहीले खरिद गर्न पाउँछन् भने भदौ १९ गतेदेखि असोज २ गतेसम्म आवेदन दिन पाउने कम्पनीले उल्लेख गरेको छ । न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया