सिन्धु विकास बैंकमा सीईओ माग

सिन्धु विकास बैंकमा सीईओ माग



काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । बैंकको व्यवस्थापनले रिक्त पदपूर्तिका लागि सीईओ पदमा दरखास्त आह्वान गर्दै आज एक सूचना जारी गरेको छ । बैंकको सूचनाका अनुसार उक्त पदका लागि व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, तथ्यांक, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तरको योग्यता तोकेको छ ।

‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ वर्ष काम गरेको वा ‘ख’ वर्षको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा ‘ख’ वर्गको जिल्ला, प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने छ । उमेरको हदमा ४५ वर्ष पूरा भई ६५ वर्ष नकटेको हुनुपर्ने छ ।