राष्ट्र बैंकले कुन कुन सामान आयातमा रोक लगाएको छ ? ( सूचीसहित )

राष्ट्र बैंकले कुन कुन सामान आयातमा रोक लगाएको छ ? ( सूचीसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
राष्ट्र बैंकले हालैको दिनमा वितासिता लगायत केही भान्सामा प्रयोग हुने सामानको आयातमा रोक लगाएको हो । 

रोक नलगाउदा हालको विदेशी विनिमयको सञ्चितीले ८ महिनालाई मात्र पुग्ने आकलन गरेकोले पनि राष्ट्र बैंकले आयातमा कडाई गरेको हो । रुस–युक्रेन युद्धको असर तथा रेमिटेन्समा कमी आउनुले पनि नेपालको विदेशी विनिमयमा कमी आएको हो ।

कुनै पनि सामान आयात गर्दा डलरमा कारोबार गर्नुपर्ने र डलरको संञ्चिति कम हुदै गएकोले राष्ट्र बैंकले नियन्त्रण गरेको हो । 

खाद्य सामाग्री

यसमा धान चामल देखि चकलेट सम्म पर्छ । मिठो खाने बानीले मसिनो चामलको आयात बढेपछि आयातमा कडाई गर्न भनिएको हो । चकलेट, चिम्स,मदिरा, माछा,दुग्द्य जन्यपद्धार्थ, अण्डा,तरकारी तथा गोडागुड, चिया कफि लगायत वस्तु आयात नगरेपनि फरक नपर्ने राष्ट्र बैंकको निकर्ष छ ।

लत्ताकपडा 

रेडिमेड कपडामा धेरै रकम बाहिरीय पछि राष्ट्र बैंकले आयातमा लगाम लगाएको हो । रेडिमेड कपडा मात्र नभएर कपडाजन्य वस्तु धागो, जुत्ता चप्पल, छाता, तन्ना पनि ल्याउँन रोक लगाएको छ ।

सवारी–साधन 

गाडी आयातमा राष्ट्र बैंकले यस अघि नै मार्जिनको व्यावस्था गरेको थियो । तरपनि आयात घटेन चालु आर्थिक बर्षको आठ महिनामा ७६ अर्ब रुपैंया बराबरको सवारी–साधन पार्टस् आयात भईसकेको छ । जुन अधिल्लो आर्थिक बर्षको तुलनामा २१ प्रतिशतले बढी हो । यही कारण गाडी मोटरसाईकल तथा तीनमा प्रयोग हुने मेसिनरी तथा पार्टपूर्जाको आयात नगर्न भनिएको हो । 

गर–गहना तथा सौन्दर्य प्रशाधन

राष्ट्र बैंकले सुन–चाँदी आयातमा कडाई गर्न भनिएको छ । यी वस्तुको आयातमा पुस पहिलो साता नै शत–प्रतिशत मार्जिको व्यवस्था गरिएको थियो । तर आयात नघटेपछि राष्ट्र बैंकले सुन–चाँदी आयातमा कठोर हुन भनेको हो । यो आर्थिक बर्षको आठ महिनामा २८ अर्ब १७ करोडको सुन र १२ अर्ब ८० करोडको चाँदी आयात भएको तथ्याङ्ग छ । अब सेन्ट, कस्मेटिक सामान दाँतमा लगाउँने तार लुगा धुने पाउडर साबुन मोती बहुमुल्य ढुङ्गा लगाएत गर–गहना र सौन्दर्य प्रशाधनका साधनका सामानको आयातमा नियन्त्रण गर्न भएको छ । 

निर्माण सामाग्री

नेपालमा वन क्षेत्र बढेर करिब ४५ प्रतिशत पुगेपनि काठका वस्तु भने विदेश बाट ल्याउँने गरिएको छ । राष्ट्र बैंकले फर्निचर लगायत काठका वस्तु, सजावट सामाग्री मार्वत, सिमेन्ट, रेनामिकका सामान,ढुङ्गाको सिमेन्ट लगायत निर्माण सामाग्रीको आयातमा थप कडाई गरेको छ ।

अन्य वस्तु 

यो आर्थिक बर्षको आठ महिनामा ३१ अर्बको मोवाईल आयात भइसकेकाले राष्ट्र बैंकले आयातमा कडाई गर्न भनेको वस्तुमा मोवाईपनि पर्छ । यस्तै, खेलौना, खेलकुदका सामाग्री चुरोट, सुर्तीजन्य वस्तु घडी र प्लाष्टिक जन्य सामाग्रीमा पनि नियन्त्रण गर्ने भएको हो ।