१५ करोड ९१ लाख हिनामिना गरेको आरोपमा एभरट्रष्ट सहकारीका सञ्चालकहरु प्रकाउ

१५ करोड ९१ लाख हिनामिना गरेको आरोपमा एभरट्रष्ट सहकारीका सञ्चालकहरु प्रकाउ


काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने उपाध्यक्ष सहित ५ जनालाई पक्राउ गरेको छ । सीआईबी टोलीले काठमाडौंको विभिन्न ठाउँबाट पाँच जनालाई शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौंको चुच्चेपाटीमा कार्यालय खडा गरि सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरु समेतको मिलेमतोमा बचतकर्ता सदस्यहरुले जम्मा गरेको निक्षेप रकम प्रचलित कानून विपरित कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गरी संस्थाको वार्षिक प्रतिवेदनहरुमा समेत वास्तविक अवस्था लुकाई संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गरी सहकारी संस्थालाई नोक्सानी पुऱ्याएको सीआईबीले उल्लेख गरेको छ ।

सीआईबीकाअनुसार सहकारीले बचतकर्ताहरुको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन गरेको पाइएको हो । सीआईबी टोलिले उपाध्यक्ष बबिता डंगोल सहित सचिव कान्छाभाई डंगोल, कोषध्यक्ष विष्णु प्रसाद फूयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाई बज्रचार्यलाई पक्राउ गरेको हो ।