भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन जिप्रका काठमाडौंको आग्रह, अटेर गरे कारबाही गर्ने चेतावनी

भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन जिप्रका काठमाडौंको आग्रह, अटेर गरे कारबाही गर्ने चेतावनी


काठमाडौं – जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले भड्किलो र खर्चिलो तरिकाले तीज नमनाउन आग्रह गरेको छ। प्रशासनले आज एउटा सूचना जारी गर्दै तडक भडकका साथ तीज नमनाउन आग्रह गरेकाे हाे ।

विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएकोप्रति प्रशासनको ध्यानाकर्षण भएकाे जारी सूचनामा उल्लेख छ ।

भएको छ। ‘सामाजिक व्यवहार (सुधार) ऐन र नियमावलीले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको सर्वविदितै छ’, सूचनामा भनिएको छ, ‘तसर्थ आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्नेबाहेक अन्य कुनैपनि खालका तीजसँग सम्बन्धित खर्चिला एवं भड्किलो कार्यक्रम सञ्चालन नगर्न र नगराउन आग्रह छ।’

तीजमा त्यस्ता तडकभडकसहित खर्चिला कार्यक्रम भएमा ऐनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ।