काठमाडौं – काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना तोकेको छ। तेलको गुणस्तरमा गुनासो आएपछि महानगरले गत असार ७ गते उत्पादक कम्पनीसँग विवरण मागेको थियो।
प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको र उक्त प्रतिवदेनकै आधारमा जरिवाना गरिएको महानगरले जनाएको छ। माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन नसकेको महानगरको भनाइ छ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) को प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको महानगरको भनाइ छ। सबै उत्पादनमा एउटै व्याच नम्बर राखिएको पाइएको छ।
उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को प्रयोग म्याद भन्दा कम लगायतका कमजाेरी भेटिएकाे महानगरकाे भनाइ छ ।
प्रतिक्रिया