दुई कम्पनीको ३८ करोड भन्दा बढीको आईपीओ आउँदै

दुई कम्पनीको ३८ करोड भन्दा बढीको आईपीओ आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएपछि पछिल्लो समय नयाँ नयाँ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आउने क्रम जारी छ । साढे पाँच महिना अनुमति रोकिएकाले पनि पछिल्लो समय आईपीओको जारी हुने क्रम बढेको हो ।

बुधबार मात्रै बलेफी हाइड्रोपावरले १८ करोड २७ लाख रुपैयाँको सेयर बिक्री खुला गरेको छ । उपकार लघुवित्तले चैत २५ गते शुक्रबारदेखि २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्नेगरी सूचना प्रकाशित गरिसकेको छ ।

यसका अलवा थप दुई कम्पनीहरु नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न अनुमति पाएपनि आईपीओ निष्काशनको मिति तोक्न बाँकी छ । जसमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड रहेका छन् ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडको कुल ३८ करोड २५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ बिक्रीमा आउनेछ । सिवाईसीले चैत ९ गते तथा रिभर फल्सले १० गते नियामक निकाय धितोपत्र बोर्डबाट सेयर बिक्रीको अनुमति पाएका हुन् ।

यी दुई कम्पनीमा रिभर फल्स पावरले ३४ करोड ३० लाख रुपैयाँ ३८ लाख २६ हजार ३३६ कित्ता र सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३८ लाख २५ हजार ३३६ कित्ता कित्ता सेयरको बिक्री खुला हुनेछ ।

सिवाईसी नेपाल लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८ करोड ८१ लख ८ हजार २०० रुपैयाँ छ । सेयर निष्काशन पश्चात चुक्ता पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

रिभर फल्स पावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि सो रकम बराबरको सेयर निष्काशनको अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाखरुपैयाँ रहेको छ । ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

डिम्याट खाता भएपछि एक हजारको लगानीबाटै सेयर बजारको प्राथमिक बजारमा लगानी गर्ने अवसर पाएपछि साना लगानीकर्ताहरुको आइपीओ क्रेज बढ्दो छ । यद्यपी न्यून संख्यामा जारी हुने सेयर गोलाप्रथाबाट बाँडफाँड हुने र निकै कम संख्याका आवेदकले मात्र सेयर पाउने अवस्थाले भने लगानीकर्तामा निराशा समेत पैदा गर्न थालेको उनीहरु बताउँछन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार चैत १६ गते बुधबारसम्म ५० लाख ८९ हजार ५०० वटा हितग्राही खाता (डिम्याट) खुलेका छन् । पछिल्लो तथ्याङ्क अनुसार ८२ वटा निक्षेप सदस्यहरुमा डिम्याट खाता खोलन सकिन्छ । ५५ वटा बैंक तथा व्त्तिीय संस्था सि आश्वा प्रणालीमा आवद्ध भएका छन् भने मेरो सेयर खाता संख्या ४२ लाख २ हजार ७४१ पुगेको छ ।