२० कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

२० कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ ।प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका २० जनालाई एक सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

गैरहाजिर हुनेमा प्रहरी नायब निरीक्षक, सहायक निरीक्षक, हवल्दार, सहायक हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

त्यस्तै, सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने अन्यथा सेवाबाट हटाइनेसम्मको कारबाही हुने बताइएको छ ।

‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’