बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले प्राइम ‘१०५ प्राइम डिबेन्चर २०८८’ जारी गरेको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।
२५ लाख कित्ता मध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी रहेको १५ लाख कित्ता बैंक आफैले विभिन्न संघ(संस्थालाई बिक्री गर्नेछ । बैंकले १० वर्ष अवधिको लागि वार्षिक १० प्रतिशत ब्याज दिने छ ।
आज (बुधबार) देखि प्रतिकित्ता एक हजार रूपैयाँका दरले ऋणपत्र निष्काशन भएको ऋणपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनु्सार आवेदन नपरेको खण्डमा चैत ३० गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम ५ लाख कित्तासम्ममा आवेदन दिन सक्नेछन् । डिबेन्चरमा सी(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।
प्रतिक्रिया