अपी पावरले घोषणा गर्यो लाभांश

अपी पावरले घोषणा गर्यो लाभांश


काठमाडाैं – अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट ९.४७ प्रतिशत लाभांश घोषणा गरेकाे हाे ।

जसअन्तगर्त कम्पनीले शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले यसअघि आव २०७८/७९ मा ७.५० प्रतिशत बोनस शेयर र ०.३९ प्रतिशत नगद गरी कुल ७. ८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।