किन भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर २९ बर्ष देखि स्थिर ? यस्तो छ कारण

किन भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर २९ बर्ष देखि स्थिर ? यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौ ।
भारत सँग नेपाली रुपैंयाको विनिमय दर तोकेको ६ दशक नागिसकेको छ । यस अवधीमा विनिमय दर सात पटक हेरफेर भयो । नेपाल र भारतको विनिमय दर २९ बर्ष सम्म स्थिर रहेको छ । यसले एकातिर भारतीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ भने । व्यापार घाटा बढाउन सहयोग पुगिरहेको छ ।

\"\"
अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयासको लागि नेपाल सरकारले पनि त्यति चासोको साथ हेरिरहेको छैन् । साथै, भारतीय विनिमयको दरको विषयमा बेला–बेला आवाज उठीरहेको छ ।

उपभोग बढेको छ भने उत्पादन बढेको छैन । उत्पादन बढ्न नसक्नुको कारण भारतीय मुद्रासँग नेपली मुद्रा अवमुल्यन हुनु हो । एक सय भारतीय रुपैंया बराबर १६० नेपाली रुपैंया रहेको छ । नेपाली रुपैंया कमजोर भएकाले त्यसको असर नेपाली उत्पादनले भारतीय वस्तु सँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । उत्पादन लागत भारतमा भन्दा नेपालमा महँगो छ । 

भारतमा कम लागतमा उत्पादन हुने वस्तुले नेपाली बजारमा आफ्नो प्रभाव जमाएको छ । कृषि क्षेत्र मात्र होइन पयर्टन को साथै रेमिट्ेन्समा पनि असर परिरहेको छ । त्यसैले भारतीय रुपैंयासँगको विनिमय दर पुनरावलोकनको अध्ययन गर्नुपर्ने आवाज उठिरहेको छ ।
 

मिति  खरिद दर         बिक्री दर 
२०१७ बैशाख १  १५९.७५  १६०.००
२०२३ जेष्ठ २४   १०१.२५    १०१.६०
 २०२४ मंसिर २२         १३५.००  १३५.१५
२०२८ पुस २             १३९.००  १३९.१५
२०३४ जेष्ठ ९        १४५.००   १४५.१५
२०४२ मंसिर १५       १६८.००    १६८.१५
२०४८ असार १७    १६५.००    १६५.१५
२०४९ फागुन १            १६०.००    १६०.१५

नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको वि.स २०१७ देखि हो । सुरुमा विनिमय दर एक सय भारु बराबर १६० रुपैंया थियो । त्यस यताको अवधीमा विनिमय दर ७ पटक हेरफेर भएको छ । वि.स २०४९ यता विनिमय दर स्थिर छ । त्यसबेला अर्थतन्त्रमा स्थायित्व कायम नगरेको भन्दै अन्तराष्ट्रिय मुद्रा कोषको सुझावका आधारमा हेरफेर गरिएको थियो । २९ बर्षदेखि विनिमय दर हेरफेर नहुदाँ अर्थतन्त्रमा आन्तरिक उत्पादन र वस्तु स्थितिको प्रभाव परेको देखिदैन । अर्काे तर्फ कुल ग्राहस्त उत्पादनमा समेत प्रभाव परेको छ ।

भारत सँगको स्थिर विनिमय दरले आर्थिक स्थायित्व कायम गर्न मदत पुर्याएको छ । तर अर्थतन्त्र गतिशिल बनेको छैन ।

नेपालको कुल व्यापारमा आयातको अंश करिब ८८ प्रतिशत रहेको छ । भारतीय अर्थतन्त्रमा हुने धक्काको असर नेपालले बिना कारण सहनु परिरहेको छ । तर यस तर्फ सरकार गम्भिर भएको देखिदैन ।