काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घर घडेरी खरिद गर्नेहरु बढेका छन् । गत आर्थिक वर्षमा व्यक्तिगत आवासीय घर कर्जा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंककाे गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्यांकले व्यक्तिगत आवासीय घर कर्जा ११. २ प्रतिशतले वृद्धि भएको देखाएकाे हाे ।
राष्ट्र बैंकका अनुसार २ करोडसम्मको आवासीय घर कर्जा उल्लेख्य बढेको देखिन्छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत घर निर्माणका लागि ३८ अर्ब ८९ करोड ४८ लाख रुपैयाँ ऋण लिएका छन् । अघिल्ला आवको असार मसान्तसम्ममा यस्तो शीर्षकमा ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवको सोही अवधिमा आइपुग्दा भने बढेर ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
गत आवको घरकर्जा (रियल स्टेट लोन) पनि ७.५ प्रतिशत बढेको देखिन्छ । बैंक तथा वित्त कम्पनीहरुले एकै वर्ष १८ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ घर कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवमा २ खर्ब ४९ अर्ब ४द्ध करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, गत आवमा आइपुग्दा भने २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा अर्पाटमेन्ट निर्माण र जग्गा प्लटिङ कर्जा प्रवाह बढेको देखिन्छ । गत आवमा सबैभन्दा धेरै जग्गा प्लटिङमा कर्जा प्रवाह बढेको छ। अघिल्लो आवको तुलनामा जग्गा प्लटिङमा प्रवाह हुने कर्जा ३१.१ प्रतिशत वृद्धि भएको छ। गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो शीर्षकमा १४ अर्ब ११ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको असार मसान्तसम्ममा यस्तो शीर्षकको कर्जा प्रवाह ४५ अर्ब २२ करोड ८७ लाख रहेकोमा गत आवमा आइपुग्दा भने ५९ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
इनकम जनेरेट गर्ने कर्मशियल कम्पेलेक्समा प्रवाह हुने कर्जा भने १८.२ प्रतिशत घटेको देखिन्छ । गत आवमा कमर्शियल कम्पेलेक्स तथा अपार्टमेन्ट निर्माणमा बैंक तथा वित्तीय संस्थाहरुले कुल २ अर्ब २४ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आवको तुलनामा ७. २ प्रतिशत बढी हो । अन्य घरजग्गा (जग्गा खरिद र प्लटिङसहित) को कर्जा भने ८.२ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब ८५ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाहरुले ११ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रतिक्रिया