काठमाडौं – विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ६४ हजार ३०८ कित्ता शेयर बिक्रीका लागि राखेको हाे ।
यो शेयर हाल संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ।
शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको धुलिखेल, काभ्रेपलाञ्चाेकमा सम्पर्क गरी खरिद निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया