बाढीले कञ्चनपुरमा करोडौँको क्षति

बाढीले कञ्चनपुरमा करोडौँको क्षति


कञ्चनपुर – असार तेस्रो साताको बाढीबाट जिल्लामा एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो ।

‘बाढी र डुबानबाट भएको क्षतिको मूल्याङ्कन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ । जिल्लाभर एक अर्ब ५७ करोड १० लाख २१ हजार चार सय २९ रूपैयाँ मूल्य बराबरको क्षति भएको छ’, निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले भने। 

कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ रूपैयाँ बराबरको क्षति भएको छभने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख रूपैयाँ , महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार नौ सय रूपैयाँ , सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार रूपैयाँ , पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।