काठमाडौं – दोधारा चाँदनी एकीकृत जाँच चौकी/सुख्खा बन्दरगाहको वातावरणीय व्यवस्थापन योजना वन तथा वातावरण मन्त्रालयमा पेश भएको छ । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने लक्ष्यसहित कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहको योजना मन्त्रालयमा पेश भएको हो ।
कञ्चनपुरको गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्र मध्ये ६३ हेक्टर जग्गामा आयोजना सञ्चालनको लागि प्रस्ताव गरिएको थियो । प्रस्तावित एकीकृत जाँच चौकीको निर्माण भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरी तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० जेठमा सम्पन्न भारत भ्रमणका क्रममा समझदारी भएको थियो ।
आयोजना सञ्चालनको लागि प्रस्तावित कूल ६३ हेक्टर जग्गा मध्ये पहिलो चरणमा ४२.३६ हेक्टर क्षेत्रफल मात्र प्रयोग गरिने भएको छ । यही आयोजनाको वातावरणीय व्यवस्थापन योजना नेपाल इन्टरमोडल यातायात व्यवस्थापन लिमिटेडले मन्त्रालयमा बुझाएको हो ।
प्रतिक्रिया