सिवाईसी नेपाल लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

सिवाईसी नेपाल लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?


काठमाडौं– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफामा १८ दशमलव ४७ प्रतिशत गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवमा कम्पनीले ४ करोड ६७ लाख नाफा कमाएकोमा गत आवमा घटेर ३ करोड ८० लाखमा झरेको हो ।

कम्पनीको सञ्चालन नाफा घटेकाले खुद नाफा घट्न पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ३१ दशमलव २८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा ४ करोड ६४ लाखमा झरेको छ ।

त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २३ दशलमव ७२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले एक वर्षमा ३१ करोड ८७ लाख पुगेको छ । हाल संस्थाको चुक्ता पूँजी २६ करोड ६४ लाख रहेको छ भने रिजर्भमा ३२ करोड ६८ लाखभन्दा बढी सञ्चित छ । यस समयमा कम्पनीको वितरणयोग्य नाफा २ करोड ९७ लाख रहेको छ ।