बैंकिङ्ग कसुर सम्बन्धी घटना बढ्यो, यस्तो छ बैकिङ्ग कसुर सम्बन्धी आकडा

बैंकिङ्ग कसुर सम्बन्धी घटना बढ्यो, यस्तो छ बैकिङ्ग कसुर सम्बन्धी आकडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्ला बर्षहरुमा बैंकिङ्ग कसुर सम्बन्धी घटना निकै बढेको छ । नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बैंकिङ्ग कसुर सम्बन्धी मुद्रा बार्षिक रुपमा बढ्दै गएको छ । चालु आर्थिक बर्षको माघ सम्ममा २ हजार ५ सय ५६ वटा बैंकिङ्ग कसुर सम्बन्धी मुद्रा दर्ता भएका छन् ।

गत आर्थिक बर्ष २०७७/७८ को सोही अवधिमा २ हजार ३ सय ५२ वटा बैंकिङ्ग कसुरका मुद्रा प्रहरीमा दर्ता भएका थिए । छिटै धनी बन्ने तथा अन्य लोभ लालचका कारण बैंकिङ्ग कसुरका घटना बढ्दै गएको हो ।

केन्द्रिय प्रहरी प्रवक्ता बिष्णु कुमार के.सि. भन्नुहुन्छ, ‘बैंकिङ्ग कसुर अन्तर्गत धेरै अपराधहरु पर्छन् । त्यस मध्यमा चेक अनादर, झुटा कागजपत्र पेश गरेर अथवा नक्कली कागजपत्र बैंकबाट कर्जा लिने, क्रडिट कार्ड, डेबिट कार्ड अथवा अन्य विनिमयका साधनहरुलाई झुठो बनाएर वा नक्कली बनाएर पनि बैंकिङ्ग कसुर सम्बन्धी कारोबार हुन्छ । भने सम्बन्धीत व्यक्तिको फरक ठंगले जस्तै चेकमा नक्कली हस्ताक्षर गरेर प्रस्तुत गरेर बैंकिङ्ग सम्बन्धी कसुर गर्ने कार्य हुन्छ । अहिले बढी जग्गा धितो राख्दा सरकारी छापको क्रिते गरेर बैंकबाट कारोबार गरेको प्रहरी सँग अभिलेख छ ।’ 

सस्थागत र सहकारी ठगीको घटनाहरु पनि बढेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सि.आई.बि) मा मात्रै २ सय ३९ वटा ठुला बैंकिङ्ग अनियमितता सम्बन्धी मुद्रा दर्ता भएका छन् । सि.आई.बि ले हाल सम्म २२ अर्ब १९ करोड रुपैँया विगो दाबी गदै मुद्रा दायर गरेको छ । कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय भएर पनि यस्ता घटना बाहिर आउँन थालेको अनुमान छ ।

प्रवक्ता के.सि. भन्नुहुन्छ, ‘यस्ता कार्यलाई कानुनको दायरामा ल्याउँनु पर्छ । बैंक र वित्तिय संस्थाहरु पनि यसमा सजग र सतर्क हुनु जरुरी छ । यसरी पेश गरिएका काजगपत्र हरुको पूर्ण रुपमा जाँच गर्नुपर्यो । र यदि त्यस्तो व्यक्तिमा आफ्ना बैंक र वित्तिय संस्थाहरुमा रहेका कर्मचारीहरुको पनि कुनै तरिकाले यदि सम्लग्नता हुने देखिन्छ भने । त्यसलाई पनि निगरानी राख्नुपर्छ , र प्रहरीलाई सुचना दिनुपर्यो । यदि यस्तो गरेको छ भने आम नागरिक सहज र सजग हुनु पर्छ ।’ 

यस्तै, पछिल्लो समय खातामा पर्याप्त रकम नभई चेक काटेर कालो सुचिमा पर्नेको संख्या पनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले बाउन्स हुने चेक काट्ने लाई कालो सुचिमा राख्ने व्यवस्था गरे सँगै खातामा पैसा नभई चेक काट्ने ३ हजार ६ सय ९२ जना कालो सुचिमा परेका छन् ।

आर्थिक बर्ष २०७५/७६ मा चेक बाउन्सका घटना ९ सय ५० वटा रहेको थियो । त्यो संख्या एका–एक बढेर आर्थिक बर्ष २०७६/७७ मा १ हजार १ सय ९२ पुगेको थियो । त्यस्तै गत आर्थिक बर्ष २०७७/७८ मा यस्तो घटना ३ सय ५८ ले बढेर १ हजार ५ सय ५० ओटा पुगेको थियो । गत बर्ष १ हजार ५ सय ५० वटा चेक बाउन्स भए पछि काट्ने ग्राहकलाई कर्जा सुचना केन्द्रले कालो सुचिमा राखेको छ ।