चन्द्रागिरि हिल्सको नाफामा ९९.३९ प्रतिशतको वृद्धि

चन्द्रागिरि हिल्सको नाफामा ९९.३९ प्रतिशतको वृद्धि


काठमाडौं – चन्द्रागिरि हिल्स‍को नाफामा उलेख्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन भएको देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमो नाफा उल्लेख्य रुपमा बढाएको हो ।

कम्पनीको सञ्चालन आम्दानी बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा पनि बढेको हो ।

व्यवसाय बढ्दै जाँदा कम्पनीको वस्तु बिक्रीको लागत केही बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ । कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ।