काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा सबैलाई ५ लाख रुपैयाँ दिने निर्णय नभएको जसमा केही रोग वर्गीकरण गरेर दिन लागिएको सपष्ट पारेका छन् । स्वास्थ्यमन्त्री पौडेलले बुधबार कान्ति बाल अस्पतालको मानसिक रोगको अन्तरंग सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमामा राज्यका विभिन्न निकायहरूले दिएका स्वास्थ्य बीमा सम्बन्धी सुविधाहरूलाई स्वास्थ्य बीमासँग एकीकृत प्रणालीमा ल्याउन जरुरी रहेको बताए ।
स्वास्थ्यमन्त्री पौडेलले सरकारले बनाएको ८ वटा नसर्ने रोगहरूको सूचीअनुसार नसर्ने क्रोनिक रोग लागेका बिरामीहरूलाई कम्तीमा ५ लाख दिने प्रस्ताव गरिएको बताए । उनले सरकारले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्नसके मात्रै स्वास्थ्य सुविधाहरूलाई सहज, सरल र प्रभावकारी बनाउन सकिने बताए । उनले सरकारले युनिभर्सल कभरेजको रूपमा स्वास्थ्य बीमाको व्यवस्था गर्न खोजेको बताए । उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाका लागि गरेको प्रस्तावमा व्यापक टीकाटिप्पणी भइरहेको भन्दै मन्त्रालयले सबैलाई स्वास्थ्य बीमा ५ लाख दिने नभनेको स्पष्ट पारे ।
उनले सामान्य रोग भएका बिरामीलाई १ लाखमा नै स्वास्थ्य उपचार गरिने बताए । उनले सरकारले एक लाख रुपैयाँ दिने भनेर बनाएका रोगहरूको सुविधा पनि बीमामा ल्याएर जोड्नुपर्ने बताए । विपन्न, आमा सुरक्षा कार्यक्रमलाई पनि स्वास्थ्य बीमासँग जोड्नुपर्ने बताए ।
प्रतिक्रिया