निर्धन उत्थान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

निर्धन उत्थान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि



काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १९७ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा रहेकोमा गत वर्ष बढेर १९ रुपैयाँ ३९ पैसा पुगेको हो ।

अघिल्लो वर्ष कम्पनीले १६ करोड ९९ लाख नाफा कमाएकोमा गत वर्ष बढेर ५० करोड ६४ लाख पुगेको छ । गत वर्ष कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा २४ करोड ७८ लाख रहेकोमा गत वर्ष बढेर ७१ करोड ७८ लाख पुगेको छ ।

चुक्ता पूँजी २ अर्ब ६१ करोड रहेको कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा शेयर प्रिमियममा ५ लाख १० हजार, रिटेन्ड अर्निङमा १४ करोड ८९ लाख र रिजर्भमा २ अर्ब ४२ करोड भन्दा बढी सञ्चिती गरेको छ ।

त्यस्तै कम्पनीको लाभांश क्षमता १ दशमलव ४४ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ६१ पैसा र तरलता अनुपात १४ दशमलव १५ प्रतिशत रहेको छ ।