काठमाडौं– ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, सामुहिक भोजन सेवा कार्यक्रम गरेको छ ।
मानविय सेवालाई प्राथमिकतामा राखेको संस्थाले २०८१ साउन २९ गते मंगलवारका दिन उक्त आश्रममा उपस्थिति भई सहयोगापेक्षी वेसहारा, अशक्त, अनाथ, बालबालिका तथा महिलाहरुलाई सामुहिक भोजन सेवा कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल लगायत संस्थाका अधिकृत, कर्मचारीहरू र कृयाशील तीनवटै युनियनका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया