काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफा १३ करोड ९ लाख ६७ हजार रुपैयाँ धनात्मक भएको छ । गत वर्ष खुद ब्याज आम्दानी ३८ करोड ९ लाख ५ हजार रुपैयाँ पुगेको छ । साथै कम्पनीको खुद फी र कमिशन आम्दानी पनि ७४।८९ प्रतिशतले वृद्धि भएर ५ करोड ९३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज साढे ६ करोड रुपैयाँबाट घटेर ९ करोड ८८ लाख रुपैयाँ ऋणात्मक भएको छ । यसँगै कम्पनीको सञ्चालन नाफामा वृद्धि भएर १९ करोड ८१ लाख ३७ हजार रुपैयाँ पुगको छ । साथै कुल सञ्चालन आम्दानी १९.३३ प्रतिशतले बढेर ४४ करोड ३ लाख ३७ हजार रुपैयाँ पुगेको । खुद सञ्चालन आम्दानी ७७.३४ प्रतिशतले बढेर ५३ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।
हालसम्म कम्पनीको चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ भने रिजर्भमा २२ करोड ४८ लाख ६८ हजार रुपैयाँ छ ।
प्रतिक्रिया