काठमाडौं – सानिमा जीआइसी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०९२ प्रतिशतले बढी हो ।
कम्पनीको खुद बिमा शुल्क आम्दानी ३६.५२ प्रतिशतले बढेर ७५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ४।४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १९ करोड ४५ लाख रुपैयाँ छ । त्यस्तै, प्रतिशेयर आम्दानी बढेर १६.५४ रुपैयाँ कायम भएको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया