सरकारले पहिलो त्रैमासमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउने

सरकारले पहिलो त्रैमासमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउने


काठमाडौं – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ ।

सोही योजना बमोजिम मंगलबारसम्म करिब ३० अर्ब आन्तरिक ऋण उठाइ सकिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । हालसम्म ९ र ११ वर्षे अवधिको विकास ऋणपत्र र विभिन्न अवधिका ट्रेजरी बिलमार्फत करिब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन भइसकेको छ ।

यस वर्ष बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको र ब्याजदर पनि थोरै रहेकाले ऋण उठाउने काम तीव्र गतिमा भएको कार्यालयको भनाइ छ ।