काठमाडौं– गार्डियन माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा ४ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीले एक वर्षमा ५१ लाख २२ हजार रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग २८ लाख २९ हजार रुपैयाँ रहेको छ भने इक्विटीमा २३ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषका आकार २ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
एक वर्षमा अभिकर्ता कमिशन मार्फत ४३ लाख १९ हजार रुपैयाँ खर्चिएको छ । भने कम्पनीको ५२ करोड ५० लाख शेयर पूँजी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया