काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार अनुसार जीवन बीमा कोष ४०.५० प्रतिशतले बढेर १० अर्ब २८ करोड ६९ लाख पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार सात अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोषको आकार पनि ७१ प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड १२ लाख रुपैयाँ संचित रहेको छ ।
कम्पनीले कूल १३ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै एक अर्ब ७ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी ३१ प्रतिशतले बृद्धि भएको छ भने बीमितलाई प्रदान गरेको कर्जा १३ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा महिनाको अवधीमा कम्पनीले चार अर्ब ३७ करोड २३ लाख कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष पनि कम्पनीले दुई अर्ब पाँच करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०४ प्रतिशतले बढाएर ३६ करोड ६१ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १७ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, कुल खुद दावी भुक्तानी २५ प्रतिशतले बृद्धि भई ८५ करोड रुपैयाँबाट एक अर्ब सात करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १२४ प्रतिशतले बृद्धि भई ५५ करोड ८७ लाखबाट बढेर एक अर्ब २५ करोड नाघेको छ । त्यस्तै कमिशन खर्च पनि ७२ प्रतिशतले बढेर ४८ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया