एलआईसी नेपालको व्यवसायमा वृद्धि, अन्य सूचक कस्ता ?

एलआईसी नेपालको व्यवसायमा वृद्धि, अन्य सूचक कस्ता ?


काठमाडौं– एलआईसी नेपाल लिमिटेडले एलआईसी नेपालको व्यवसायमा वृद्धि भएको छ । कम्पनीको प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार व्यवसायमा सामान्य वृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २० अर्ब रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तीन अर्ब ३२ करोडबाट वृद्धि भई तीन अर्ब ५७ करोड रुपैयाँको पुगेको छ । कम्पनीले गत आवमा बीमा अभिकर्तालाई दिने कमिशन रकम एक अर्ब ४३ करोडबाट घटेर एक अर्ब ३९ करोड कायम भएको छ । कम्पनीको खुद नाफा ६८.३१ प्रतिशतले घटेर ७५ करोडबाट २३ करोड कायम भएको छ । कम्पनीको व्यवसाय ३.६५ प्रतिशतले वृद्धि भई १७ अर्ब ४७ करोडबाट बढेर १८ अर्ब १० करोड नाघेको छ । साथै, कम्पनीको खुद बीमा शुल्क आम्दानी १८ अर्ब ६ करोड रहेको छ ।

हाल कम्पनीको २ अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजि भएको कम्पनीको जीवन बीमा कोषमा एक खर्ब २० अर्ब ३८ करोड रुपैयाँ सञ्चित छ ।