काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार २१६.५६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा मात्रै ३२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शिर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ सञ्चित गरेको छ भने कम्पनीको महाविपत्तीकोषमा १६ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६३ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५४ प्रतिशतले वृद्धि भएर १४ अर्ब ४४ करोड पुगेको छ । असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीले यस अवधिमा ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ ।
प्रतिक्रिया