काठमाडौं– सानिमा रिलायन्स लाइफ इस्योरेन्सको आर्थिक वर्ष २०८०/८१ मा अधिकांश सूचक सकारात्मक देखिएको छ । कम्पनीले प्रकाशन गरेको गत आवको वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको हो ।
गत आवमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ५९ दशमलव ९१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा ३५ करोड ८ लाख खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९३ लाख नाफा गरेको थियो ।
त्यस्तै, कम्पनीको कुल बीमा शुल्कमा पनि ७४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले ६ अर्ब १८ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको भने अघिल्लो वर्ष ३ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
साथै एक वर्षमा कम्पनीले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३८ पैसा रहेको छ । चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ भएको कम्पनीको कोषमा १२ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको रिटेन्ड अर्निङ्गमा १ अर्ब १ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया