डिजिटल बैंकिङ्गतर्फ लम्कँदै नेपाल र भावी मार्गदर्शन  

डिजिटल बैंकिङ्गतर्फ लम्कँदै नेपाल र भावी मार्गदर्शन  

खिलराज तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डिजिटल बैंक भन्नाले भौतिक शाखाको उपस्थिति बिना विभिन्न प्रविधिको प्रयोगद्वारा बैंकिङ्ग  सेवा प्रदान गर्ने बैंक हो । यसले वित्तीय सेवाहरू डिजिटल प्रविधी मार्फत व्यवस्थापन गर्ने गर्दछ। सोही बैंकले प्रदान गर्ने बैंकिङ्ग सेवाको रूपमा डिजिटल बैंकिङ्गलाई बुझ्न सकिन्छ अर्थात् बैंकिङ्ग  सेवाहरूलाई इन्टरनेट, मोबाइल एप्लिकेसन, कम्प्युटर प्रणाली, एटीएम, वेबसाईट, विभिन्न प्रकारका कार्डहरु र अन्य डिजिटल माध्यमद्वारा उपलब्ध गराउने प्रक्रियालाई डिजिटल बैंकिङ्ग भनिन्छ । वित्तीय प्रणालीमा उपलब्ध वित्तीय सेवाहरू डिजिटल प्लेटफर्म मार्फत उपलब्ध गराउने प्रक्रियालाई नै डिजिटल बैंकिङ्ग हो ।

यसले भौतिक शाखा रहित र नगद रहित बैंकिङ्ग  कारोबारलाई प्रवर्द्धन गर्दछ । डिजिटल बैंकिङ्ग बैंक तथा वित्तीय संस्थाको आन्तरिक अटोमेसन मात्र नभएर पेमेन्ट सिस्टमको स्तरोन्नति पनि हो। यसले ग्राहकलाई सामान्य कामका लागि बैंक धाउनुपर्ने र अमूल्य समय खर्च गर्नु पर्ने बाध्यताको अन्त्य गर्नमा मद्दत गर्दछ । डिजिटल बैंकिङ्ग  कारोबारमा ग्राहक र बैंक बिचमा प्रत्यक्ष रूपमा भौतिक उपस्थितिको सम्बन्ध निर्माण भएको हुँदैन । त्यसैले डिजिटल बैंकिङ्ग कारोबारलाई अभौतिक बैंकिङ्ग    कारोबारको रूपमा चिन्न सकिन्छ ।

विश्वमा सन् १९६० को दशकमा बैंकहरुले कम्प्युटर प्रयोगमा ल्याएसँगै डिजिटल बैंकिङ्गको सुरुवात भएको मानिन्छ । हाल विश्वमा डिजिटल बैंकहरुको स्थापना र डिजिटल वा भर्चुअल मुद्राको समेत प्रयोग भैसकेको अवस्था छ भने डिजिटल बैंकिङ्गले परम्परागत बैंकिङ्गकाे धेरै  पक्षहरूलाई प्रतिस्थापन गरिसकेको छ ।

नेपालको सन्दर्भमा क्रेडिट कार्डको सन् १९९० दशकको अन्त्य तिर सुरुवाती प्रयोग भएको भेटिन्छ। त्यसैगरी सन् २००२ मा कुमारी बैंकले इन्टरनेट बैंकिङ्ग सेवा र लक्ष्मी बैंकले सन् २००४ मा एस.एम.एस बैंकिङ्ग सेवाको सुरुवात गरेसँगै डिजिटल बैंकिङ्ग सेवाको सुरु भएको हो। त्यसपछि क्रमशः बैंकहरूले सेवामा समयानुकूल परिष्कृत गर्दै हालको डिजिटल बैंकिङ्गसम्म आइपुगेको छ। कोरोनाको विश्वव्यापी महामारीले बैंकिङ्ग क्षेत्रमा चुनौतीभित्र अवसरको खोजी गर्ने बाध्यात्मक परिस्थिति सिर्जना गर्यो उक्त समयमा बैंकहरुले आफ्नो ग्राहकलाई बैंकिङ्ग सेवा घरैबाट उपयोग गराउने प्रयास स्वरुप विभिन्न अध्ययन,अनुसन्धान र नवीनतम खोजीलाई व्यापक रूपमा अगाडि बढाएको थियो र फलस्वरूप नेपालमा पनि डिजिटल बैंकिङ्ग सेवाको विकासले तिव्र गतिमा ठुलो फड्को मार्न पुग्यो ।

हाल नेपाली बैंकिङ्ग क्षेत्रमा ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, अनलाइन बैंकिङ्ग क्युआर कोड, एटिएम मेसिन, क्रेडिट कार्ड, मिसकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, डिजिटल वालेट, केनेक्ट आइपियस, च्त्न्क्, अनलाइन एकाउन्ट ओपनिब, ई–वालेट आदि लगायतका डिजिटल बैंकिङ्ग सेवाहरु उपलब्ध भइरहेको छ ।

हाल नेपाली बैंकिङ्ग क्षेत्रमा ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, अनलाइन बैंकिङ्ग क्युआर कोड, एटिएम मेसिन, क्रेडिट कार्ड, मिसकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, डिजिटल वालेट, केनेक्ट आइपियस, अनलाइन एकाउन्ट ओपनिब, ई–वालेट आदि लगायतका डिजिटल बैंकिङ्ग सेवाहरु उपलब्ध भइरहेको छ । यसले नेपालमा डिजिटल बैंक प्रवर्द्धन गरिरहेको छ भने गुणस्तरीय बैंकिङ्ग  सेवा प्रदान गर्नमा धेरै हदसम्म मद्दत गरेका छ, साथै वित्तीय पहुँच, साक्षरता र समावेशिता बढाउनका लागि डिजिटल बैंकिङ्ग कोसे ढुङ्गा साबित भएको देखिन्छ ।

यद्यपि, हाम्रो छिमेकी मुलुकहरूको तुलनामा नेपाल डिजिटल बैंकिङ्गमा निकै नै पछाडि रहेको अवस्था छ । डिजिटल बैंकिङ्गको लागि डिजिटल भुक्तानीका साधनको पूर्ण प्रयोग र डिजिटल मुद्रा पूर्व शर्तको रुपमा रहेको हुन्छ । भारतमा क्रिप्टाे करेन्सिको प्रयोगलाई कानुनी मान्यता दिएको छ, भने सन् २०२२ देखि रिजर्भ बैंक अफ इन्डिया(RIB)ले केन्द्रीय बैंक डिजिटल मुद्रा(CBDC)’ई–रुपी’ पनि प्रचलनको लागि पाइलट प्रोजेक्ट सुरु गरिसकेको छ।

त्यसैगरी, चीनमा क्रिप्टाे मुद्रा माथि कडा प्रतिबन्ध लगाई आफ्नो केन्द्रीय बैंक डिजिटल मुद्रा(CBDC) ‘डिजिटल युआन (e-CNY) सन् २०२० देखि परीक्षण स्वरूप आफ्नो मुख्य सहरमा प्रयोगमा ल्याई सकेको छ र सो को प्रयोगमा व्यापक जोड दिएको देखिन्छ त्यसैले चिन डिजिटल बैंकिङ्गको क्षेत्रमा निकै अगाडि रहेको छ । नेपालमा क्रिप्टाे मुद्रा गैर कानुनी रहेको छ भने नेपाल राष्ट्र बैंकले पनि सन २०२६ सम्म ‘नेपाल राष्ट्र बैंक विद्युतिय मुद्रा’ जारी गर्ने भनी अध्ययन अघि बढाएको, यद्यपि सो अध्ययनको प्रगति प्रतिवेदन भने सार्वजनिक भएको भेटिँदैन तथापि नेपालमा पनिCBDC जारी भएको खण्डमा डिजिटल बैंकिङ्ग युगमा प्रवेश गर्न ठुलो फड्को मार्न सहयोग हुने देखिन्छ ।

छिमेकी मुलुक भारतमा विभिन्न बैंकसँग सहकार्य गरि डिजिटल बैंक अभ्यासहरू सुरु भएको देखिन्छ भने चिन डिजिटल बैंकिङ्गको नयाँ युगमा प्रवेश गरिसेको छ । जहाँ उन्नत डिजिटल बैंकको सहज उपलब्धता रहेको छ । नेपालमा डिजिटल बैंक स्थापना भएको छैन, यद्यपि नेपालको केही बैंकले डिजिटल बैंकको परिकल्पना गरेको भने देखिन्छ तर नेपाल राष्ट्र बैंकले डिजिटल बैंक स्थापनाका लागि कानुनी आधार निर्माण गरेको देखिँदैन ।

विश्वमा डिजिटल बैंकिङ्ग क्षेत्रमा धेरै नै उच्च गुणस्तरका प्रविधि र सेवा उपलब्ध भइरहेको छन्। जसमा एक, सहज र सरल डिजिटल बैंकिङ्गको उपलब्धता हो, जुन सबै उमेर र प्राविधिक ज्ञान भएका ग्राहकहरूले सजिलै प्रयोग गर्न सकिरहेको अवस्था हो ।

साथै, मोबाइल एप्सको उच्च प्रदर्शन र न्यूनतम डाउनटाइम निश्चित भएको सेवा समेत उपलब्ध भइरहेको देखिन्छ । यसका साथै सुरक्षा गोपनीयतालाई दृष्टिगत गरी दुई–तहको प्रमाणीकरण (Two-factor authentication) र बायोमेट्रिक सत्यापन परीक्षण जस्ता उच्च स्तरको सुरक्षाको प्रयोग भएको पाइन्छ, साथै ग्राहकहरूको डाटा गोपनीयता, सुरक्षित कारोबारको निश्चित, अनधिकृत पहुँच नियन्त्रण र ह्याकिङ जस्ता पक्षलाई ध्यानमा राखेर विभिन्न उपायहरू समेत अवलम्बन गरिएको भेटिन्छ । लाइभ च्याट, च्याट बोट र कल सेन्टरहरूबाट चौबीसै घण्टा उपलब्ध हुने ग्राहक सेवालाई समेत उच्च प्राथमिकतामा राखी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराइ रहेको पाइन्छ, यसले ग्राहकको समस्या समाधान गर्न र ग्राहकहरूको गुनासो
छिटो सम्बोधन गर्न सक्षम बनाएको देखिन्छ । साथै, विभिन्न फिन्टेक कम्पनीहरूसँग साझेदारी गरी ग्राहकहरूको लागि नवीन वित्तीय सेवा प्रदान गर्नुमा सधैँ स्तरोन्नति गर्दै गएको समेत देखिन्छ, जस्तै ई–वालेट, पियर–टु–पियर भुक्तानी वा मर्चेन्ट सेवाहरू आदि ।

ग्राहकको वित्तीय हित सुरक्षित गर्नका लागि ग्राहकलाई आफ्नो खाता व्यवस्थापन, लगानी योजना वा व्यक्तिगत बजेट व्यवस्थापन गर्न सहज बनाउने उपकरण र सुझावहरू समेत प्रदान गर्ने गरेको पाइन्छ । यसका साथै स्वचालित बचत योजना, व्यक्तिगत वित्त व्यवस्थापन (PFM) का उपकरण र परिष्कृत वित्तीय सल्लाह दिने सेवालाई समेत उच्च प्राथमिकताका साथ अगाडि बढाएको पाइन्छ । ग्राहकहरूको व्यक्तिगत आवश्यकता अनुसार सेवा प्रदान गर्नमा समेत विशेष ध्यान दिएको देखिन्छ।

जस्तै, व्यक्तिगत सुझाव, प्राविधिक सल्लाह र विभिन्न अलर्टहरू आदि । विशेष गरी भर्चुअल मुद्रा प्रयोग भएको मुलुकमा नयाँ प्रविधिहरू, जस्तै ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स (AI), र मेसिन लर्निंग(ML) को उच्च प्रयोग भएको देखिन्छ भने डिजिटल बैंकिङ्गको प्रयोगलाई थप प्रभावकारी बनाउन (AI) आधारित सल्लाहकार वा जोखिम मूल्याङ्कन उपकरणहरूको समेत धेरै नै प्रयोग गरिएको देखिन्छ । यसका साथै हरित बैंकिङ्ग (Green Banking) को अभ्यास र वातावरणीय जोखिम व्यवस्थापनप्रति उच्च उत्तरदायित्व वहन गरी डिजिटल बैंकिङ्गलाई अघि बढाएको पाइन्छ र विश्वका धेरै मुलुकमा भुक्तानी स्वीकार हुने कार्डहरू समेत प्रयोग भएको पाइन्छ ।

तथापि नेपालका मुख्य गरी वाणिज्य बैंकहरुले मोबाईल एप, अनलाइन, इन्टरनेट आदिको माध्यमबाट डिजिटल बैंकको विभिन्न सेवाहरू दिने प्रयास गरिरहेको छ । विश्वमा धेरै मुलुकहरूले डिजिटल बैंक स्थापना गरी डिजिटल भुक्तानीका साधनको प्रयोगमा व्यापकता ल्याई नगदसहित रहित अर्थतन्त्रको अभ्यास गर्ने योजनामा रहेको देखिन्छ, त्यसमा स्विडेन, चिन, दक्षिण कोरिया, नर्वे लगायत देश धेरै नै अगाडि रहेको छन्। त्यसैले नेपाल डिजिटल बैंकिङ्गको प्रारम्भिक चरणमा नै रहेको मान्न सकिन्छ ।

यद्यपि नेपालको वित्तीय प्रणाली र पूर्वाधार, वित्तीय साक्षरता, वित्तीय पहुँच, वित्तीय समावेशीकरण आदिको कमजोर अवस्थाको बाबजुत पनि नेपालको बैंकिङ्ग क्षेत्र डिजिटल बैंकिङ्गतर्फ लम्कँदै गरेको मान्न सकिन्छ । नेपाली बैंकिङ्ग क्षेत्रलाई डिजिटल बैंकिङ्गतर्फ अझ छिटो गति दिनका लागि सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था उचित समन्वय निर्माण गरी अगाडी बढ्नुपर्छ ।

नेपालमा डिजिटल बैंकिङ्ग प्रभावकारी बनाउनमा आधारभूत तहबाट धेरै नै सुधार गर्नु आवश्यक छ। जसमा वित्तीय साक्षरता ५७.९% जनसङ्ख्यामा मात्रै रहेकोमा यसलाई उल्लेख्य रूपमा बढाउनका लागि लक्षित क्षेत्र र वर्ग विशेष कार्यक्रम सञ्चालन गर्नु, वित्तीय पहुँच ६७.८% मात्रै रहेकोमा सबै सर्वसाधारण माझ पुर्‍याउनु र वित्तीय समावेशिता अभिवृद्धि गर्नु प्राथमिक आवश्यकता बनेको छ । साथै, सुरक्षित, स्वास्थ्य र सक्षम डिजिटल भुक्तानी प्रणाली निर्माण गर्नु उत्तिकै आवश्यकता देखिन्छ, भने डिजिटल वित्तीय साक्षरता नेपालको डिजिटल बैंकिङ्गका लागि मेरुदण्ड नै बनेको छ ।

सुरक्षित, स्वास्थ्य र सक्षम डिजिटल भुक्तानी प्रणाली निर्माण गर्नु उत्तिकै आवश्यकता देखिन्छ। डिजिटल वित्तीय साक्षरता नेपालको डिजिटल बैंकिङ्गका लागि मेरुदण्ड नै बनेको छ।

त्यसैले सो कुरालाई बढाउनुपर्ने हुन्छ। त्यसैगरी बैंकिङ्ग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गरी उनीहरूमा बैंकिङ्ग बानीको विकास गर्नु पर्ने आवश्यकता छ । त्यसैगरी बलियो वित्तीय प्रणाली तथा वित्तीय पूर्वाधार निर्माण गर्नमा समेत जोड दिनुपर्ने हुन्छ। वित्तीय प्रणालीमा दरिलो नियामकको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने हुँदा राष्ट्र बैंकले आफ्नो क्षमतावान् रूप तय गर्नु आवश्यक छ, भने वित्तीय प्रविधि (Fintech) प्रयोगमा जोड दिनुका साथै डिजिटल वित्तीय प्रडक्ट निर्माण गर्नुपर्ने समेत देखिन्छ ।

नेपाली कार्डबाट अन्य देशमा भुक्तानी सहज गर्न र डिजिटल बैंकको स्थापना गर्नका लागि कानुनी आधार निर्माण गरी उचित वातावरण तयार गर्नुपर्ने भावी आवश्यकता समेत छ । प्रविधिको प्रयोग सँगै उत्पन्न हुने जोखिम व्यवस्थापनमा समेत सजग रही आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगद्वारा ग्राहकको वित्तीय हित संरक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। अन्त्यमा विश्वमा प्रयोगमा आएका नवीनतम अभ्यास समेत क्रमशः अवलम्बन गर्दै जानु पर्छ, अनि मात्रै नेपालले डिजिटल बैंकिङ्ग विकासमा ठुलो प्रगति हासिल गर्न सक्दछ।