‘बीमाको आवश्यकताबारे सबैलाई थाहा छ, तर बीमा गर्ने इच्छाशक्ति देखाउँदैनन्’

‘बीमाको आवश्यकताबारे सबैलाई थाहा छ, तर बीमा गर्ने इच्छाशक्ति देखाउँदैनन्’


काठमाडौं – नेपालमा बीमा व्यवसाय शुरु भएको लामो समय भयो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको नियमन र सुपरीवेक्षण गरी बीमा क्षेत्रमा सकारात्मक परिवर्तनको लागि स्थानीय सरकारसँगकाे समन्वयमा विभिन्न कार्यक्रम अघि सारेकाे छ । बीमा कम्पनी, बिमित, अभिकर्ता र सर्भेयरको कामलाई मूल्याकन र नियमन गरी प्रभावकारी बनाइरहेको छ । तर, बीमा कम्पनी र बीमा नियमनको अथक प्रयासपछि पनि कृषि बीमामा आकर्षण कम नै देखिन्छ । निर्जीवन बीमाको व्यवसाय मोटर बीमामा मात्र सीमित भएकाे देखिन्छ ।

नागरिकमा स्वइच्छाले बीमा गर्ने वातावरण कम देखिन्छ र विशेषगरी विद्यार्थीहरुले बीमाको नाम पनि नसुनेकाे अवस्था पाइन्छ। अझ आम नागरिकमा बीमा कम्पनीहरूले दावी रकम दिदैनन् भन्ने चेत परेको छ। एसएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील वल्लभ पन्त यस्तो अवस्थामा राज्यले पनि बीमा आवश्यक छ भनेर बुझाउन प्राथमिकतामा राखेर प्रचारप्रसार गर्नुपर्ने बताउँछन् । नेपालमा पछिल्ला समय आवश्यकता बढेको तर अपेक्षाअनुसार विस्तार हुन् नसकेको बीमा क्षेत्रको व्यवसायसँग सम्बन्धित रहेर एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील वल्लभ पन्तसँग बैकिङ्ग समाचारको तर्फबाट नमुना केसीले गरेको कुराकानीको सम्पादित अशंः

गत आर्थिक वर्षको चौथो मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय मोटर बीमामा केन्द्रित देखियो । कृषि, पशुबीमा कम्पनीको चासो नभएको हो ?
संसारभरि नै मोटर बीमाको व्यवसाय बढी छ । चीनको कुरा गर्ने हो भने बीमा कम्पनीहरू नै सय वटा छन् । त्यसमा दश वटाले सबै बीमा गर्छन्, त्यस बाहेक सबैले मोटर बीमा गर्छन् । हाम्रो पनि ५० प्रतिशत हिस्सा मोटर बीमामा छ । यद्यपी, पछिल्लो समय मोटर बीमाको बजार ओरालो लागिरहेको छ । बैंकिङ्ग क्षेत्रमा धितो राखेका सम्पत्तिहरूको बीमा भइरहेको छ ।

जतिपनि भौतिक पूर्वाधारहरू छन् सबैको बीमा गर्नै पर्ने प्रावधान छ र यहीअनुरूप कम्पनीहरूले आफ्नो रणनीति बनाइरहेका छन् । कम्पनीले यतिबेला कृषि बीमाको पहुँच बढाउन प्रयत्न गरिरहेको छ। फलस्वरुप पछिल्लो समय यतातर्फ सहभागिता बढेको छ । तर सरकारले दिन बाँकी रकम नदिँदा समग्र बीमा व्यवसायमा नै समस्या आइरहेको छ । यसले कृषि बीमामा कम्पनीहरू उत्साहित भएर लाग्न पाएका छैनन् । सरकारबाट आउने अनुदान रोकिँदा समग्र बीमा क्षेत्रको बदनाम हुने जोखिम बढ्दो छ ।

सरकारले कृषि बीमामा दिनुपर्ने बाँकी रकमको फाइल अघि बढाएको छ । अब कृषि बीमामा केही परिवर्तन देख्न सक्छौ ?
सरकारबाट पाउनु पर्ने रकम धेरै ढिलाइ भएकाले हामीले ३ महिनासम्म नयाँ बीमा रोक्नुपरेको थियो । अहिले स्थानीय सरकार गाउँपालिका सबैले स्वास्थ्य बीमा र कृषि बीमा गर्नुपर्छ भनेर बजेट बनाउन थालेका छन् । सबै मिलेर बीमा क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्न सकेमा कृषितर्फ राम्रो नतिजा ल्याउन सकिन्छ । सरकारबाट पाउनु पर्ने रकम धेरै ढिलाइ भएकाले हामीले ३ महिनासम्म नयाँ बीमा रोक्नुपरेको थियो । अहिले स्थानीय सरकार गाउँपालिका सबैले स्वास्थ्य बीमा र कृषि बीमा गर्नुपर्छ भनेर बजेट बनाउन थालेका छन् । सबै मिलेर बीमा क्षेत्रलाई निरुत्साहित गर्ने कार्य रोक्न सकेमा कृषितर्फ राम्रो नतिजा ल्याउन सकिन्छ ।


विद्युतीय माध्यमबाट बीमा खरिद गर्नु नै ई–बीमा हो । यो कम्पनीमार्फत पनि ई बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै ई बीमा खरिद गर्न सकिनेछ । जनतामा बीमा नीतिहरूका लागि ‘डिजिटलाइजेसन’को आवश्यकता छ । यसबाट सर्वसाधारणलार्य नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग पुग्छ । यस प्लेटर्फमकबाट बीमाको पोलिसी हेर्न, किन्न र प्रिमियम तिर्न लगायत बीमाको काम गर्न सकिन्छ । ई–बीमा सुरु भइसकेपछि सेवाग्राही ती कामका लागि कम्पनीमा आइराख्न पर्दैन । यस्तै कम्पनीका प्रतिनिधि समेत ग्राहकको घरघरमा पुग्न पर्दैन ।


ठुला बीमा कम्पनीले चासो नदिँदा लघुबीमाका लागि कम्पनी नै खोलिएको छ, यसबाट ठुला कम्पनी कत्तिको प्रभावित बनिरहेका छन् ?
लघुबीमा कम्पनीले बीमाको ‘स्कोप’ बढाएको छ । धेरै कम्पनीहुँदा बीमाको पहुँच समेत बढ्दै जान्छ । सुरुमा नेपालमा दुई वटा मात्रै निर्जीवन कम्पनी थिए । पछि सङ्ख्या बढ्दै गएपछि बीमा व्यवसाय गर्न मुस्किल पर्ने सोचिएको थियो । तर, त्यस्तो भएन । बीमाको दायरा बढाउन बीमा प्राधिकरणले लघुबीमा कम्पनी सञ्चालनमा ल्याएको हो । यो सकारात्मक छ । लघुबीमा कम्पनी आउँदैमा हाम्रो बजार हिस्सा घट्छ भन्ने हुँदैन ।

बीमा व्यवसाय मूख्यगरी अभिकर्तामा आधारित छन् । यसआधारमा स्वःस्फूर्त रूपमा बीमा गर्न आउने कमै होलान् । बीमाको साक्षरता बढाउन राज्य र कम्पनीहरूले के गर्नुपर्ला ?
बीमा कम्पनीहरू व्यवसाय बढाउन र बीमाको दायरामा ग्राहकलाई आकर्षण गर्न प्रयास गरिरहेका हुन्छन् । यसमा अब बीमा कम्पनीले दाबी दिँदैन भन्ने भ्रम राज्यका विभिन्न निकायले चिर्नुपर्छ । यसमा सञ्चारमाध्यमको पनि योग्दान हुनुपर्छ । त्यसो भएमात्र हाम्रो बीमा उद्योग स्वःस्फूर्तरूपमा अघि बढ्छ । बीमा गरेको खण्डमा कुनै भवितव्य पर्दा त्यसको फाइदा सर्वसाधारणले नै पाउने हो । बीमा क्षेत्रलाई लाग्दै आएको आरोप राज्य र कम्पनीहरु मिलेर चिर्नुपर्छ । यसो गर्न सकेमा बीमा क्षेत्रको विस्तार हुन्छ ।

त्यसो त बीमा प्राधिकरण र बीमा कम्पनी नै सचेतना बढाउन निरन्तर लागिरहेको छ । तर अझै पनि विधार्थीहरुमा बीमाको ज्ञान बढ्न नसकेको देखिन्छ । बीमा कम्पनीकै प्रतिनिधिहरु गएर विद्यालयहरुमा नै साक्षरताको कार्यक्रम चलाउन कतिको सम्भव छ ?
तपाईले भनेजस्तै तल्लोतहबाटै बीमाको ज्ञान बढाउँदै लैजानुपर्छ । अहिलेको परिवेशलाई हेर्दा बीमा कम्पनीहरू कृषि बीमाको पहुँच बढाउन लागिरहेका छन् । एनएलजीको कुरा गर्ने हो भने गाँउपालिकाहरुलाई छानेर महिनैपिच्छे कृषि बीमा कार्यक्रमहरु गर्दै छौं । तपाईले भनेजस्तो विद्यालय र कलेजहरुमा पुगेर सबै कम्पनीहरुले साक्षरता बढाउन भूमिका खेल्नुपर्छ । यद्यपी शहरी क्षेत्रमा केही हदसम्म बीमाको आवश्यकता र महत्व बुझेको पाइन्छ । बीमा आवश्यक छ भन्ने सबैलाई थाहा छ तर नागरिकमा बीमा गर्नुपर्छ भन्ने इच्छाशक्ति कम भएको बुझिन्छ ।

त्यसो त बीमा प्राधिकरण र बीमा कम्पनी नै सचेतना बढाउन निरन्तर लागिरहेको छ । तर अझैपनि विधार्थीहरुमा बीमाको ज्ञान बढ्न नसकेको देखिन्छ । बीमा कम्पनीकै प्रतिनिधिहरु गएर विद्यालयहरुमा नै साक्षरताको कार्यक्रम चलाउन कतिको सम्भव छ ?
तपाईले भनेजस्तै तल्लोतहबाटै बीमाको ज्ञान बढाउँदै लैजानुपर्छ । अहिलेको परिवेशलाई हेर्दा बीमा कम्पनीहरू कृषि बीमाको पहुँच बढाउन लागिरहेका छन् । एनएलजीको कुरा गर्ने हो भने गाँउपालिकाहरुलाई छानेर महिनैपिच्छे कृषि बीमा कार्यक्रमहरु गर्दै छौं । तपाईले भनेजस्तो विद्यालय र कलेजहरुमा पुगेर सबै कम्पनीहरुले साक्षरता बढाउन भूमिका खेल्नुपर्छ । यद्यपी शहरी क्षेत्रमा केही हदसम्म बीमाको आवश्यकता र महत्व बुझेको पाइन्छ । बीमा आवश्यक छ भन्ने सबैलाई थाहा छ तर नागरिकमा बीमा गर्नुपर्छ भन्ने इच्छाशक्ति कम भएको बुझिन्छ ।

नागरिकहरुमा बीमा गर्ने इच्छाशक्ति कम भएको भन्नु भयो । तर बैकिङ्ग क्षेत्रमा बचत गर्नुपर्छ भन्ने सचेतना सबैमा पुगेको देखिन्छ, बैकिङ्ग चेतना हाबी भएको हो बीमा क्षेत्रको तुलनामा ?
बैकिङ्ग क्षेत्रमा लाभ छिटो आउने भएकाले पनि बढी आकर्षण भएको हुन सक्छ । बीमामा लाभभन्दा पनि आर्थिक क्षति कम होस् वा दाबी पाउने भन्ने हुन्छ । मानिसहरु सम्पत्ति र जीवन केही नहोस् भनेर कामना गर्छन । बैंकिङ्ग क्षेत्र र बीमा क्षेत्र फरक धारणा भएको मानिसको जीवन सुरक्षित बनाउने उपकरण हो भन्न सकिन्छ ।

त्यसो भए बीमा क्षेत्रलाई पनि लगानी होइन बचत हो भनेर बेच्नुपर्ला नि ?
जीवन बीमामा त्यस्तै भैरहेको छ नि । पहिला मृत्यु हुन्छ पछिको लागि पैसा आवश्यक हुन्छ त्यसको लागि जीवन बीमा गर्नुपर्छ भनेर ‘मार्केटिङ्ग’ हुन्थ्यो । अहिलेचाँही बीमा भनेको बचत हो भनेर नै पोलिसी बेचिन्छ । मेरो विचारमा बीमा बचत र लगान्ी दुवै हो भन्छु । किनभने बचत भयो भने लगानी गर्ने हो । बीमा जोखिम आइपर्छ भनेर गरिने बचत पनि हो । बचत वा आम्दानी अनुसार गरिने लगानी पनि हो र जोखिम हस्तान्तरणको उपकरण पनि हो ।