चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार हात्तीलाई वनभोज खुवाइएको छ । १३ औँ विश्व हात्ती दिवसको अवसरमा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजी स्तरका हात्तीहरूलाई खिर, केक सहित वनभोज खुवाइएको हो । हात्ती वनभोजमा चामल र भेलीको विशेष केक र केक सहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरभूजासहितको मिष्टान्न परिकार बनाईको थियो ।
युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरेको हो । सरकारी र निजी स्तरमा पालेका ६० वटा हात्तीलाई वनभोज र हात्ती संरक्षण सम्बन्धी बहस र छलफल गरी दिवस मनाइएको कार्यक्रम संयोजक शम्भु मालीले जानकारी दिए । बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र निकुञ्जका हात्तीहरूलाई एक ठाउँमा राखेर वनभोजका रूपमा मिष्टान्न भोजन गराइएको थियो ।
हात्ती संरक्षणको सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केकसहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भूप्रसाद मालीले बताए ।कार्यक्रमका प्रमुख अतिथि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र विशेष अतिथि निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका छावालाई सख्खर र फलफूलबाट बनाइएको केक खुवाएर हात्ती दिवसको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष प्रकाश ढुङ्गानाले चितवन निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताए । निजी स्तरमा पालेका हात्तीहरूलाई चर चरणको समस्या रहेको भन्दै उनले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पत्तिको रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए ।
मुख संरक्षण अधिकृत पुर्जापुनले नेपालमा हात्तीको अवस्था, महत्व, रहनसहन र स्याहार सुसारको विषयमा जानकारी गराएका थिए।आहार, खानपान र स्वास्थ्य उपचारको हिसाबले हात्ती पाल्न मुश्किल रहेको भन्दै नीजि स्तरमा हात्ती पालेर पर्यटनको विकास गर्न सक्नु सामान्य कुरा नभएको उनले बताए ।सरकारले निजी स्तरमा पालेको हात्तीहरुको विवरण संकलन गरिरहेको भन्दै नेपालमा १५० वटा हात्ती निजी स्तरमा पालेका हात्तीहरु रहेको उनले जानकारी दिए । सौराहामा सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको पनि दर्ता गर्न निकुञ्जले सहयोग गर्ने उनको भनाइ छ ।
सौराहाको पर्यटन विकासमा हात्तीको महत्व दर्जाउदै सफारी पर्यटनलाई जिवित राख्ने उद्देश्यले हात्ती दिवस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । उनले नीनि सरकारी हात्ती विचको विभेद हटाउन नीनि हात्तीलाई चरिचरणका लागि निकुञज प्रवेश गराउनुपर्ने माग गरेका थिए । मानव र हात्तीको बीचमा उत्पन्न भएको असमझदारीलाई हल गर्दै हात्ती संरक्षणमा जनभावना अभिवृद्धि गर्न आवश्यक रहेको खतिवडाले बताए । चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा नीजिस्तरमा पालेका ४५ वटा हात्ती छन् ।
प्रमुख संरक्षण अधिकृत पूर्जापुनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षिय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहासहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।
सौराहाको पर्यटन विकासमा हात्तीको महत्त्व दर्जा उदै सफारी पर्यटनलाई जीवित राख्ने उद्देश्यले हात्ती दिवस मनाइएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । उनले नीजि सरकारी हात्ती बिचको विभेद हटाउन नीति हात्तीलाई चरिचरणका लागि निकुञ्ज प्रवेश गराउनुपर्ने माग गरेका थिए । मानव र हात्तीको बीचमा उत्पन्न भएको असमझदारीलाई हल गर्दै हात्ती संरक्षणमा जनभावना अभिवृद्धि गर्न आवश्यक रहेको खतिवडाले बताए । चितवन निकुञ्जमा दरबन्दी रहेका ५० वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ७ वटा र सौराहामा नीजिस्तरमा पालेका ४५ वटा हात्ती छन् ।
प्रमुख संरक्षण अधिकृत पूर्जापुनले निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्यटन व्यवसायीको त्रिपक्षीय सहकार्यबाट मात्र हात्तीको संरक्षण सम्भव रहेको बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहासहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक बनसँगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।
प्रतिक्रिया