काठमाडौं – बीमालाई मुख्यगरी जोखिम व्यवस्थापनका रूपमा व्याख्या गरिन्छ। तर, बीमा कम्पनीहरूले यसलाई पैसा कमाउने माध्यमकारुपमा परिभाषित गर्दा र सर्वसाधारणले सोही अनुरूप बुझ्दा पछिल्लाे समय समस्या बढ्दै जान थालेका छन् । बीमा गर्ने र बीमा बापतको रकम हत्याउने लालचमा हत्या, हिंसा, चोरीदेखि आफ्नै सम्पत्तिमा आगलागीसम्मको घटनामा सर्वसाधारणकाे संलग्नता बढ्दै जान थालेको हो।
विश्व बजारमा बीमा व्यवसाय विकसित भइसक्दा नेपालमा बीमा कम्पनीहरूले भर्खरै गति लिन थालेका छन् । ३ करोड जनसङ्ख्या रहेको नेपालमा ५० प्रतिशत जनसङ्ख्याको पहुँचमा पनि बीमा पुग्न सकेको छैन। सरकारी आँकडाअनुसार ४३ प्रतिशत हाराहारी जनसङ्ख्या बीमाको पहुँचमा पुगेको छ । यसमा पनि वैदेशिक रोजगारीमा जाँदा अनिवार्य बीमा गर्नुपर्ने प्रावधान मुख्य कारक हो।
खास गरी सर्वसाधारणमा पैसा कमाउने तीव्र अभिलासा बढ्दै जाँदा बीमा बापत आउने रकम हत्याउने योजनासहित आफ्ना र आफन्तको समेत हत्या गर्ने क्रम घट्नुको साटो बढ्दो अवस्थामा छन् । यद्यपि, विगतको तुलनामा बीमाप्रतिको सचेतना बढ्दै गइरहेको छ। सर्वसाधारणमा बीमा गरेपछि जोखिम व्यवस्थापन हुने र भैपरी आउँदा आर्थिक सहायता हुने चेत बढ्दै गइरहेको छ। तर, बीमाको अन्तर्राष्ट्रिय सिद्धान्त बमोजिम नेपालमा यसको सहज कार्यान्वयन भइरहेको छैन र यही गतिमा कार्यान्वयनको सम्भावना पनि देखिँदैन ।
सर्वसाधारणहरु बीमा कम्पनीले सहजरुपमा बीमाको दाबी भुक्तानी नदिने गरेको आरोप लगाउँछन् । केही सर्वसाधारण त बीमा कम्पनीले लुटतन्त्र मच्चाइरहेको आरोप समेत लगाउँछन् । सरसर्ती हेर्दा बीमा कम्पनीहरुले सहजरुपमा दाबी भुक्तानी गरेका पनि छैनन् । तर, यसमा बीमा कम्पनीहरुको मात्रै शतप्रतिशत दोष मान्न सक्ने स्थिती भने छैन ।
खास गरी सर्वसाधारणमा पैसा कमाउने तीव्र अभिलासा बढ्दै जाँदा बीमा बापत आउने रकम हत्याउने योजनासहित आफ्ना र आफन्तको समेत हत्या गर्ने क्रम घट्नुको साटो बढ्दो अवस्थामा छन् ।
२०७९ सालमा बीमा बापतको रकम हत्याउनका लागि आफ्नै श्रीमानको हत्या भएको तथ्य प्रहरीबाट खुल्यो । सप्तरीको कञ्चनपुर नगरपालिकामा घटेको तत्कालिन घटनाले सिंगो बीमा बजारलाई तरंगित पार्यो । कोशिलादेवी दासले बीमा रकमको लालचमा नातामा देवर पर्नेसँग मिलेर करेन्ट लगाएर श्रीमानको हत्या गरेकी थिइन् ।
यस्तै, सोही वर्ष बीमा बापत आउने २ करोड ५० लाख रुपैयाँ हत्याउने योजनासहित विवाह नै नक्कली गरेको खबर प्रहरीमार्फत बाहिरियो । विवाह नै नक्कली गरेर करोडौं रुपैयाँ कुम्ल्याउने योजनासहित प्रपञ्च रच्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । यी त भए केही उदाहरणका घटना । खासगरी सर्वसाधारणमा पैसा कमाउने तीव्र अभिलासा बढ्दै जाँदा बीमा बापत आउने रकम हत्याउने योजनासहित आफ्ना र आफन्तको समेत हत्या गर्ने क्रम घट्नुको साटो बढ्दो अवस्थामा छन् ।
आफ्नै पसलमा आगलागी, आफ्नैमा चोरी
अघिल्ला वर्षहरुको उदाहरण केलाउँदै गर्दा बीमाको रकम हत्याउने योजनासहित बीमितले गर्ने हर्कत अहिले पनि रोकिएका छैनन् । प्रहरी अनुसन्धानमार्फत् गत सातामात्रै पोखरामा आफ्नै पसलमा आगलागीको घटना सार्वजनिक भयो । सुरुमा भैपरी आउने प्रकोपका रुपमा व्याख्या गरेको प्रहरीलाई शंका लागेपछि अनुसन्धान अघि बढायो र वास्तविक तथ्य बाहिर निकाल्यो ।
२ करोड १० लाख रुपैयाँको बीमा रकम पाउने लालचसहित सञ्चालकले नै आफ्नो पसलमा आगो लगाएका थिए । सुजन गहतराजले गत असार १५ मा हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट पसलको बीमा गरेका थिए । सोही बीमाबापतको ठूलो रकम लिनका लागि आफ्नै पसलमा आगो लगाए र बीमाको दाबी भुक्तानी प्रक्रिया अघि बढाए । तर प्रहरीलाई शंका लागेपछि अनुसन्धान गर्दा बीमा रकमका लागि आगलागी गरेर प्रक्रिया अघि बढाएको पाइयो र पक्राउ परे ।
त्योभन्दा केही साता अघि मात्रै चितवनमा यस्तै घटना भयो । चितवनका सुन व्यापारीले आफ्नै पसलमा चोर्ने र बीमा बापतको करोडौं रकम कुम्ल्याउने योजना बुने । सोही योजनाअनुरुप आफ्नो पसलमा चोरी भएको भन्दै हारगुहार गर्दै प्रहरीसम्म पुगे । चिवतको कालिका नगरपालिकाका विनोद सुनचाँदी पसलका सञ्चालकले आफ्नो पसलबाट दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुन, चाँदी र हिराका गरगहना लुटिएको सूचना प्रहरीसम्म पुर्याए । अनुसन्धानका क्रममा सञ्चालक नै योजनाबद्ध रूपमा बीमा रकम लिनका लागि चोरीको हल्ला फैलाएको पाइयो ।
‘यस्ता ठगीका घटनाले सबै क्षेत्रहरुमा प्रश्न उठ्ने गरेकाे छ,’ उनले भने, ‘यो सबै वित्तीय अपराधीहरु हुन् । शंका लागेसम्म र भेटेसम्म प्रहरीले छानबिन गर्ने गरेको छ ।’ तर सबै क्षेत्रमा प्रहरीको आँखा नपुग्ने र बीमितिबाट बीमा कम्पनीको ठगी बढ्दै जाने उनको भनाइ छ ।
यी दुई घटनाले शिक्षित वर्ग बढ्दै गएपनि बीमाप्रतिको सचेतना पूर्णरुपमा नभइसकेको देखाउँछ । जसकारण बीमा कम्पनीको रकम लिने अभिलासा बोकेरै आफ्नै पसलमा चोरी गर्नेदेखि आगजनी गर्नेसम्मका घटना बाहिर आउँछन् । यीनै कारणले बीमा कम्पनीले समेत सहजै दाबी भुक्तानी अघि बढाउनका लागि मान्दैनन् र आनाकानी गर्छन् । फलस्वरुप देशमा बीमा दाबी भुक्तानी आइसकेपछि ‘फिल्ड सर्भे’का लागि ठूलो जनशक्ति खट्छन् । यसले नेपालमा बीमा गलत मनसाय राखेर अनुचित लाभ उठाउन चाहनेको प्रवृत्ति झल्काउँछ । आर्थिक जोखिम सुरक्षण गर्ने योजनासहित सञ्चालनमा रहेका बीमा कम्पनी नै बीमितबाट ठगीमा पर्ने जोखिम समेत उच्च देखिँदै गइरहेको छ ।
नियामकलाई टाउको दुखाई बन्दै
बीमाको नियमन र सुपरिवेक्षण गर्दै आइरहेको बीमा प्राधिकरण बीमितहरुको यस्तो घटनाबाट आजित बन्न थालेको छ । प्राधिकरणका निर्देशक शुशिलदेव सुवेदीका अनुसार ‘बीमाको रकम पाउनका लागि बीमितहरुले रचेको घटनाप्रति प्राधिकरणको ध्यान खिचिएको छ।’ यस्ता घटनाले सिंगो बीमा क्षेत्रलाई नै बदनाम गराउने र कम्पनीहरुले दाबी भुक्तानी प्रक्रियालाई नै लम्ब्याउने उनी बताउँछन् ।
‘यस्ता ठगीका घटनाले सबै क्षेत्रहरुमा प्रश्न उठ्ने गरेकाे छ,’ उनले भने, ‘यो सबै वित्तीय अपराधीहरु हुन् । शंका लागेसम्म र भेटेसम्म प्रहरीले छानबिन गर्ने गरेको छ ।’ तर सबै क्षेत्रमा प्रहरीको आँखा नपुग्ने र बीमितिबाट बीमा कम्पनीको ठगी बढ्दै जाने उनको भनाइ छ ।
यता, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीमितका कारण बीमा क्षेत्र बदनाम बन्ने जोखिम देख्छन् । ‘बीमितहरुले यस्तो घटना गरेर बीमा कम्पनीबाट पैसा लिन खोजिरहँदा बीमा क्षेत्रमा पनि बदनाम हुने जोखिम बढ्दो छ,’। पन्त थप्छन्, ‘बीमा कम्पनीहरु माथि बढी प्रश्न उठ्ने गर्थ्यो । यी र यस्ता घटनाले बीमितको नियतमाथि नै प्रश्न उठ्न थालेको छ ।’ वित्तीय अपराध बढ्न थालेपछि बीमा कम्पनीहरुले सबैजसो घटनामा शंका गर्नुपर्छ । जसकारण वास्तविक पीडितलाई अनावश्यक झन्झट हुने जोखिम बढेको उनको भनाइ छ ।
प्रतिक्रिया