काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म शिवम् सिमेन्टको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आवको तुलनामा गत आवमा ५७.९३ प्रतिशतले कम हो । त्यस्तै, असार मसान्तसम्म कम्पनीले ७ अर्ब ७० करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो अघिल्लो आवको तुलनामा गत आवमा ०.५८ प्रतिशतले कम हो ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेर १ अर्ब ३ करोड रुपैयाँ छ कायम भएको छ भने अन्य आम्दानी ४५.४१ प्रतिशत घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, असार मसान्तसम्म कम्पनीको कुल खर्च ४.१८ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५४ रुपैयाँले घटेर ४.९८ रुपैयाँमा सीमित भएको छ । साथै, कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १००.८६ गुणा रहेको छ। ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया