काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले आज साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको १ शेयर बराबर नयाँ १.५ शेयर १ः१.५० को अनुपातमा १ अर्ब २० करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर बिक्री गरेको हो । हकप्रद शेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्काशनका लागि गत साउन १ गते बुकक्लोज गरेको थियो । सो हकप्रद शेयरमा लगानीकर्ताहरूले भदौ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया