समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्री

समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्री


काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले केही संस्थापक शेयरधनीकाे नाममा रहेको २० हजार कित्ता शेयर बिक्री गर्ने भएकाे हाे ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै, निवेदन दिनका लागि इच्छुकले आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।