विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३४.०५रुपैयाँ र बिक्री दर १३४.६५ रुपैयाँछ । बिहीबार भने खरिद १३४.०४ रुपैयाँ र बिक्री १३४.६४ रुपैयाँ थियो ।

युरोपियन युरो एकको खरिद दर १४६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.१४ रुपैयाँ रहेको छ । आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।१७ रुपैयाँ र बिक्री दर १७०.९३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ र बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.९६ रुपैयाँ र बिक्री दर ३०.०९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८५ रुपैयाँ र बिक्री दर ८८.२४ रुपैयाँ रहेको छ ।

हेर्नुहाेस् कुन देशकाे विदेशी मुद्राकाे विनिमय दर कति ?