नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा, यस्ता छन् फाइदा र बेफाइदा

नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा, यस्ता छन् फाइदा र बेफाइदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
रुस–युक्रेन युद्धको प्रभाव विश्वभर परिरहेको छ । कुनै देशको पैसा शक्तिशाली भइरहेको छ । भने कुनै देशको पैसा निकै कमजोर अवस्थामा रहेको छ ।  त्यहि युद्धको प्रभाव नेपाली पैसामा पनि परिरहेको छ । हाम्रै छिमेकी मुलुक भारतीय रुपैंया पनि १४ बर्ष यताकै कमजोर मुद्रा भएको छ । अष्टेलियन डलर लगायत विश्वको शक्तिशाली पैसापनि हाल कमजोर स्थितिलाई झेलिरहेको छ । यस्तो अवस्थामा नेपाललाई डलर बढ्दा के हुन्छ ? फाईदा कि बेफाइदा ?
फाईदा
डलर बढ्दा के हुन्छ ? डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा बढ्छ । डलरको भाउ बढेको बेलामा रेमिटेन्स पठाउनेले बढि मूल्य पाउँछन् । जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ ।
आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ पहिलेको भन्दा सस्तोमा पाएपछि सामान बढी निर्यात हुने सम्भावना रहन्छ ।
डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।
कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । यस्तै, यहाँ कमाएको मुनाफा अहिले आफ्नो देश फिर्ता लैजाँदा उसलाई घाटा पर्ने भएको हुनाले पुर्नलगानी गर्ने सम्भावना रहन्छ ।

बेफाइदा
सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् । नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छ र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन
यतिबोला कोरोना भाइरसको त्रासको कारण पर्यटन क्षेत्र प्रभावित भएकाले डलर बढेको लाभ लिन नसक्ने अवस्था छ।
नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने सम्भावना छैन ।

सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । सरकारले डलर सस्तो भएको समयमा लिएको ऋण तिर्दा बढि भुत्तानी गर्नुपर्ने हुन्छ ।

उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने हुँदा यहाँ महँगो पर्न जान्छ । जसले गर्दा व्यापारघाटा झन बढेर जान्छ । नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् ।