लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक

लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक



काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक गरेको छ । यस बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाहरब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय शुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्दछ भन्ने कम्पनीले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत न्युनतम ८ वर्ष देखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युनतम बीमांक रकम २५ हजार रुपैयाँदेखि अधिकतम बीमांक पाँच लाख रुपैयाँसम्म लिन सकिनेछ

बीमालेखका विषेशताहरु निम्न छन्

1 आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना ।

2 बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आय सहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा

3 ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान गर्ने ।

4 बालबच्चाको बीमा गर्दा प्रस्तावक ९बुवारआमारकानूनी संरक्षक० को पनि जोखिम रक्षावरण हुने ।

5 बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा रु।२५ प्रतिहजार प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा रु।३५ प्रतिहजार प्रतिवर्ष आय प्रत्याभूत गरिएको छ ।

6 सस्तोरकिफायति बीमाशुल्क दर भएकोले न्युन आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना ।

7 अनलाइन माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने ।

8 उक्त बीमालेखसंग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्ततासुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने ।