‘नेपाली पुँजी बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सकिन्छ’

‘नेपाली पुँजी बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सकिन्छ’

खिलराज तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – मुलुकको पुँजी बजारको अवस्थाले देशको अर्थतन्त्रलाई धेरै हदसम्म प्रतिविम्बित गरेको हुन्छ। पुँजी बजार त्यस्तो वित्तीय बजार हो, जसले दीर्घकालीन वित्तीय उपकरणको परिचालन गरी वित्तीय स्रोतको माग र पूर्तिको व्यवस्थापन गर्दछ। यसले अर्थतन्त्रको विकास निर्माणको आधार तय गर्नका लागि वित्तीय भ्वाङ टाल्न मद्दत गरेको हुन्छ । एउटा सफल, उन्नत तथा सबल अर्थतन्त्रमा दरिलो पुँजी बजारले आर्थिक विकासको गहिराई सम्म पुग्न मेरुदण्डको रूपमा भूमिका निर्वाह गर्दछ ।

उदाहरणका लागि विश्वको सबै भन्दा विकसित पुँजी बजार अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्ज (NYSE) र नेसनल एसोसिएसन सेकुरिटिस डिलर अटोमेटेड कोटेसन (NASDAQ), जापानको टोक्यो स्टक एक्सचेन्ज (TSE) तथा चिनको शंघाई स्टक एक्सचेन्ज (SSE) र शेन्जेन स्टक एक्सचेन्ज (SZSE) आदि हुन्। जबकि, आई. एम. एफ सन २०२३, अनुसार संयुक्त राज्य अमेरिका विश्वको पहिलो, चिन दोस्रो र जापान चौथो ठूलो जीडीपी भएको अर्थतन्त्रमा पर्दछन्। नेपाली अर्थतन्त्रको बनोट, संरचना, मौद्रिक रणको अवस्था, वित्तीय प्रणालीको अवस्था, वित्तीय साक्षरता र पहुँच आदिको आधारमा ती देशसँग तुलना गर्न सक्ने अवस्था छैन। यद्यपि, हाम्रो पुँजी बजार र अर्थतन्त्र एकअर्काको मुहार देखाउने ऐनाको रूपमा निर्माण गर्न सकिने आधार रहेको कुरामा दुईमत भने छैन।

नेपालमा सामान्यतया धितोपत्र बजारलाई नै पुँजी बजारको रूपमा हेर्ने गरेको पाइन्छ। तथापि, एक वर्षभन्दा बढी अवधिमा परिपक्व हुने वित्तीय सम्पत्तिको कारोबार हुने बजार पुँजी बजार हुन्। धितोपत्र बजारलाई प्राथमिक र द्धितीय बजारमा विभाजन गरी अध्याय गर्न सकिन्छ। प्राथमिक बजारमा पहिलो पटक निष्कासन गरिएका वित्तीय उपकणको कारोबार हुन्छ भने द्धितीय बजारमा पहिले नै निष्कासन गरेको वित्तीय सम्पत्तिको खरिद बिक्री गरिन्छ।

नेपालमा सामान्यतया धितोपत्र बजारलाई नै पुँजी बजारको रूपमा हेर्ने गरेको पाइन्छ। तथापि, एक वर्षभन्दा बढी अवधिमा परिपक्व हुने वित्तीय सम्पत्तिको कारोबार हुने बजार पुजी बजार हुन्। धितोपत्र बजारलाई प्राथमिक र द्धितीय बजारमा विभाजन गरी अध्याय गर्न सकिन्छ। प्राथमिक बजारमा पहिलो पटक निष्कासन गरिएका वित्तीय उपकणको कारोबार हुन्छ भने द्धितीय बजारमा पहिले नै निष्कासन गरेको वित्तीय सम्पत्तिको खरिद बिक्री गरिन्छ।

हाल धितो पत्र सम्बन्धी ऐन २०६३ अनुसार नेपाल घितो पत्र बोर्ड (सेबन) ले बजारको नियमनकारी भूमिका निर्वाह गरिरहेको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दोस्रो कारोबार सञ्चालन गरिरहेको छ। नेप्से इन्डेक्सलाई पुँजी बजारको सूचकाङ्कको रूपमा हेर्ने गरिन्छ। नेपाली पुँजी बजारमा मुख्य गरी शेयर, बोण्ड, डिबेन्चर र म्युचुअल फण्ड जस्ता उपकरणको प्रयोग हुने गरेको पाइन्छ।

नेपाली पुँजी बजारलाई निहालेर हेर्दा पुँजी बजार र वास्तविक क्षेत्र बिचमा ठुलो खाडल देखिन्छ भने पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको हाबी कायम नै रहेको छ, मुख्य सहर केन्द्रित कारोबार धेरै रहेको पाइन्छ, ब्रोकरहरूमा प्रतिस्पर्धा कमजोर रहेको छ । वित्तीय साक्षरता र पहुँच कमजोर अवस्थामा रहेको छ, लगानीकर्ताहरूले प्राविधिक विश्लेषण भन्दा पनि हल्लाको भरमा लगानी गर्ने परिपाटी मौलाएको देखिन्छ । वित्तीय उपकरणमा आधुनिकीकरण र विविधीकरणको अभाव रहेको छ, बाह्य लगानी कर्ताको पहुँच नरहेको अवस्था छ । डिबेन्चर वा ऋणपत्र उपकरणको प्रयोग न्यून रहेको छ । डेरिभेटिभ र कमोडिटि बजारको विकास हुन सकेको छैन । लगानी कर्तामा लगानी गर्ने चासो बढेतापनी बिश्वास भने बढ्न सकेको देखिदैन ।

साथै, केही सीमित व्यक्तिको कारोबारले समेत यस बजारलाई ठुलो प्रभाव पारेको हाेकि भन्ने अवस्था समेत आकलन गर्न सकिन्छ, लगानी सहजीकरण गर्नका लागि स्थापित सस्थाले समेत प्रभाबकारी भूमिका निर्वाह गर्न चुकेको देखिन्छ । सूचीकृत कम्पनीको कारोबार पारदर्शिता र संस्थागत सुशासन कायम गर्न सकिएको छैन । नियामकीय भूमिकामा औँला उठाउने पर्याप्त कमजोरीसमेत देखिन्छ साथै सम्बन्धित निकाय–नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, अर्थमन्त्रालय आदिबीचको उचित तालमेल मिल्न सकेको छैन भने नयाँ स्टक एक्सचेन्ज स्थापना गर्ने सम्बन्धमा राजनीतिक दलहरूमा दुईमत देखिएको छ । साथै, नेपाल धितोपत्र बोर्ड (सेबाेन) लामो समयदेखि अध्यक्षविहीन रहेको छ । यसका साथै, सरकारको तीब्र परिवर्तनले समेत नेपाली पुँजी बजारमा थप चुनौती थपेको देखिन्छ ।

तथापि, वर्तमान नेपाली पुँजी बजार प्रति सर्वसाधारणको आकर्षण बढेको छ । वाणिज्य बैंकको शाखा देशको ७५२ स्थानीय तहमा पुगिसकेको अवस्था छ । वित्तीय पहुँच ६७.८% रहेको र वित्तीय साक्षरता ५७.९% रहेकोमा यी दुवै बढ्ने क्रममा रहेको छ । लगानी सहरीकरणका लागि बिशिष्टिकृत संस्थाको धमाधम स्थापना हुँदै गएको छ । जसले नेपाली पुँजी बजार विकासमा ठुलो छलाङ मार्नलाई सहयोग गर्ने अपेक्षा लिन सकिन्छ । साथै, धिताेपत्रको प्राथमिक बजारमा नस्वा र सी–नस्वा त्यसैगरी दोस्रो बजारमा नर्स प्रणाली र टी+२ लागू हुँदा कारोबार प्रभावकारी हुन गई लगानीकर्ता उल्लेख्य रूपमा बढेको देखिन्छ ।

बजारको प्रभावकारिता बढाउनुका साथै वास्तबिक क्षेत्रको सहभागिता रूपमा बढाउन बुक बिल्डिङ विधिसमेत लागू गरी गरिसकेको अवस्था छ । पछिल्लो समयमा सरकारले यस बजार प्रतिदेखाएको चासो र नयाँ राजनीतिक परिवेशले समेत पुँजी बजार विकासको वेगलाई धेरै हदसम्म बढाउन सहयोग हुने विश्वास लिन सकिन्छ । शेयर दलालहरूले काठमाडौंमात्रै केन्द्रित नभई हाल देशको मुख्य विभिन्न सहरमा समेत सेवा प्रदान गर्न थालेको छन् । प्रविधिको प्रयोग र आधुनिक बैंकिङ्गले पुँजी बजारमा सबैको पहुँच सुनिश्चित गर्न मद्दत गरेको छ । पछिल्लो समयमा पुँजी बजार विकासका लागी विभिन्न अध्ययन र अनुसन्धानका गतिविधि बढेको छ भने प्रचलित नीतिगत व्यवस्थामा पुनरावलोकन र थप कानुनी व्यवस्था निर्माण हुँदै गएको देखिन्छ ।

नेपाली अर्थतन्त्रको बनोट, संरचना, मौद्रिक रणको अवस्था, वित्तीय प्रणालीको अवस्था, वित्तीय साक्षरता र पहुँच आदिको आधारमा ती देशसँग तुलना गर्न सक्ने अवस्था छैन । यद्यपि, हाम्रो पुँजी बजार र अर्थतन्त्र एकअर्काको मुहार देखाउने ऐनाको रूपमा निर्माण गर्न सकिने आधार रहेको कुरामा दुईमत भने छैन ।

यसरी हेर्दा, नेपाली पुँजी बजारको भविष्यमा आशाका किरणहरू पर्याप्त देखिन्छ । तथापि, नेपालमा छोटो समयमा उन्नत पुँजी बजार निर्माण गर्न चानचुने प्रयासले हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि पुँजी बजार विकासको अवसर र आधार भने पर्याप्त छ ।जसको सही सदुपयोग गर्न सकेमा हाम्रो पुँजी बजारलाई अर्थतन्त्र मूल्याङ्कन गर्ने परिसूचक वा ऐनाको रूपमा निर्माण सकिन्छ ।

जसका लागि पुँजी बजारमा वास्तविक क्षेत्रको उपस्थिति अनिवार्य हुन्छ, नेपालको सन्दर्भमा वास्तविक क्षेत्र अन्तर्गतपनि प्राथमिक र द्वितीय  क्षेत्रको उपस्थिति उल्लेख्य रूपमा बढाउनु आवश्यक छ जसले हालको बैंक तथा वित्तीय संस्था र बीमाको वर्चस्वलाई कम गरी सूचीकृत कम्पनीहरू विविधीकरण गर्न मद्दत गर्दछ ।

अर्थतन्त्रको हरेक क्षेत्रलाई पुजी बजारमा सन्तुलित रूपमा सहभागी गराउने हो भने पुँजी बजारलाई ऐनाको रूपमा स्थापना गर्न धेरै सहयोग हुन्छ । यसका साथै लगानी सहजीकरण गर्न स्थापित निकायहरूको प्रभावकारिता बढाउने र आवश्यकता अनुसार थप व्यवस्था गर्दै जानू आवश्यक छ । पुँजी बजारमा प्रयोग हुने उपकरणको विविधीकरण रआधुनिकीकरण गरी देशको सबै ठाउँबाट सहज रूपमा लगानी गर्न सक्ने वातावरण तयार गर्नुपर्छ। बलियो पुँजी बजार निर्माण गर्न सबै लगानीकर्ताको वित्तीय साक्षरता र चेतनाले उत्तिकै महत्त्वपूर्ण भूमिका खेल्दछ । उदाहरणकालागि अमेरिकाको वित्तीय साक्षरता ९९% को हाराहारीमा रहेको छ जसले गर्दा त्यहाँ बलियो पुँजी बजार रहेको छ ।

साथै, पुँजी बजारको नियामकीय निकायमा प्रभावकारिता ल्याउनु पर्छ भने सवल, कठोर र बलियो नीति अवलम्बन गर्नुपर्छ जसले पुजी बजारमा हुने गलत हर्कत नियन्त्रण गरी सहि दिशानिर्देश गर्न मद्दत गर्दछ। पुँजी बजार विकासका लागि दरिलो पूर्वाधार र नीतिगत आधार समेत मेरुदण्डको रूपमा रहन्छ, नेपालमा थप स्टक एक्सचेन्ज स्थापना गर्ने सन्दर्भमा दुईवटा विकल्प अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ । पहिलो, हाल भइरहेको नेप्सेको कार्यसम्पादन क्षमता बढाउन प्राविधिक र संरचनात्मक सुधार गरी सशक्त बनाउनुपर्छ ।

दोस्रोमा, पहिलो विकल्प कार्यान्वयन पछि पनि नेप्सेले नेपाली पुँजी बजारको आवश्यकता पूरा गर्न असक्षम भएमा दोस्रो स्टक एक्सचेन्ज स्थापनाको कार्य प्रक्रिया अगाडि बढाउनुपर्छ। यी विकल्प क्रमशः कार्यान्वयन गर्नुपर्छ किनभने यदि एउटै क्षमतावान् नेप्सेले नेपाली पुँजी बजार धान्न सकेमा अर्को नेप्से स्थापना गर्दा देशलाई आर्थिक भार थपिनुका साथै औचित्यहिन हुन जान्छ ।

यसरी नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, अन्य सहायक संस्था र नियमनकारी निकाय, निजी क्षेत्र र सम्बन्धित निकायहरू बिचमा बलियो तालमेल र सहयोगात्मक समन्वय गरी पुँजी बजारलाई डोर्याउने  हो भने नेपाली पुँजी बजारलाई अर्थतन्त्रको ऐना तथा परिसूचकको रूपमा निर्माण गर्न सकिन्छ ।