काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल २२ करोड ५० लाख रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो।
शेयर खरिद प्रत्याभूति सेवाको लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ। नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।
यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा दिँदै आइरहेको छ।
प्रतिक्रिया